skip this वडा नं १६ बालाजु च:मती

मगर विद्यार्थी संघ कर्णाली प्रदेशको तेस्रो प्रदेश अधिवेशनबाट हेमराज पुनमगर अध्यक्षमा चयन

नेपाल मगर विद्यार्थी संघ कर्णाली प्रदेशको तेस्रो प्रदेश अधिवेशनबाट हेमराज पुनमगर अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हेमन्त बुढामगर (दैलेख), अठार मगरात भाषित उपाध्यक्ष उमेश घर्ति(जाजरकोट), बाह्र मगरात भाषित उपाध्यक्ष गोरख बुढा मगर (डोल्पा), महिला उपाध्यक्ष निरुता पुन मगर (रु–पश्चिम), सचिव सपना पुनमगर, (रु–पश्चिम), सह–सचिव केशव पुनमगर (जाजरकोट), कोषाध्यक्षमा सल्यानबाट मनोनित गरिने निर्णय भएको छ ।

त्यसैगरी १५ सदस्ययी कार्यसमितिमा सदस्यहरु, नरेन्द्र रोका मगर (डोल्पा),उमेश घर्तिमगर, अनिल झाँक्री मगर, रमिता थापामगर, महेन्द्र थापामगर, महेन्द्र थापामगर एक सदस्य जिल्लाबाट मनोनित गरिने छ ।


प्रदेश अधिवेशनलाई सफल पार्न केन्द्रिय समितिका अध्यक्ष चित्र पुलामीमगर, महासचिव चन्द्र थापामगर,र बागमती ईन्चार्ज राजन दगालीमगरको उपस्थिति रहेको कर्णाली प्रदेशका ईन्चार्ज छिनिङ लाल थापामगरले जानकारी दिए ।

लामो समयदेखि मगर विद्यार्थीले मातृ भाषामा अध्ययन गर्न पाउनु पर्छ भन्ने विषयलाई नाराको विषयमा लिर्दै आईरहेको छ र मगर विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा बढी भन्दा बढी समेट्न पनि निरन्तर आवाज उठाउदै आइरहेको छ । केन्द्रीय समिति तथा प्रदेश तथा जिल्लामा रहेका मगर विद्यार्थीहरुलाई आफ्ना भाषा, धर्म संस्कृति, परम्परालाई जगाउनु पर्छ भन्ने जनचेतनामूलक कार्यक्रमहरु तथा अन्तरक्रिया कार्यक्रम गर्दै आईरहेको कर्णाली प्रदेशका नवनिर्वाचित अध्यक्ष हेमराज पुनमगरले बताए ।

उनले देशको माटो अनुसार बैज्ञानिक, व्यवहारीक शिक्षा हुनु पर्नेमा जोड दिर्दै राज्यले शिक्षा नीतिलाई देशको माटो अनुसार हुनु पर्नेमा जोडदार माग समेत गरेका छन् । साथै शिक्षादेखि बन्चित भएका कर्णाली प्रदेशका विपन्न समुदायका विद्यार्थीहरुलाई राज्यले छात्रावृत्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै सानन्युजद्वारा सरकारलाई अपिल गरेका छन् ।