नहुदा सेवाले लाकुरेभञ्याङमा सक्रिय जेष्ठ नागरिक सवल धाम भवन निमार्ण गर्ने

नहुदा सेवाले यहि २०८१ माघ २१ गते एक कार्यक्रम गरि सक्रिय जेष्ठ नागरिक सवल धाम भवनको शिलन्यास गरेको छ । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं १ बतासे डाँडा लाकुरेभञ्याङमा उक्त सवल धामाको शिलन्यास गरिएको हो । सवल धामाको शिलन्या पानौती नगरपालिकाका उपमेयर गिता बन्जाराले गर्नु भएको हो । सो क्रममा उपमेयर बन्जाराले नहुदा सेवामा आबद्ध सक्रिय जेष्ठ नागरिकहरुबाट सवल धामको भवन बनाउन लागेकोमा खुसी ब्यक्त गदैै भवन निमार्णमा पनौती नगरपालिकको साथ र सहयोग रहने प्रबिद्धता ब्यक्त गर्नु भयो । उहाँले अहिले शिक्षा तथा रोजगारीको निम्ती छोरा छोरी बिदेशीने क्रम बढेको प्रति चिन्ता ब्यक्त गर्दै छोरा छोरी बिदेशीएको कारण घरमा बृद्ध बृद्धा मात्रै हुने र मृत्यु हुदाँ समयमा लाश नउड्ने अवस्था सृजना भएको प्रति चिन्ता ब्यक्त गर्नु भयो ।

उहाँले पनौती नगरपालिकालाई पनि नहुदा सेवाको सदश्य बनाउन आग्रह गर्नुभयो । सोही कार्यक्रममा पनौती नगरपालिक वडा नं १का वडा अध्यक्ष जय कुमार लामाले आफ्नो वडा भित्र सक्रिय जेष्ठ नागरिक सवल धामको भवन शिलन्यास भएकोमा खुसी ब्यक्त गर्दै वडा कार्यलयबाट गर्न सक्ने सहयोगमा गर्न कुनै कन्जुस्याई नगर्ने बिश्वास दिलाउनु भयो ।उहाँले नहुदा सेवाले वडा भित्रका बिद्यालयमा सेवाको तर्फबाट निशुल्क कापि कलम बितरण गरेकोमा प्रसंसा गर्नु भयो ।

सो भवन निमार्णको निम्ती संस्थाका अध्यक्ष डा दिनेश राज शर्माले चार रोपनी जग्गा उपलब्ध गरानु भएको कार्यक्रममा जानाकारी दिईयो । करिब १० करोडको लागतमा सवल धाममा सुबिधा युक्त तीन बटा भवन बनाउने योजना रहेको अध्यक्ष शर्माले जानाकारी दिनु भयो । भवन निमार्णको निम्ती २५ जना सक्रिय जेष्ठ नागरिकले सुरुवाती योगदान गर्नु भएको अध्यक्ष  डा दिनेश शर्माले जानकारी दिनुभयो । भवन पूर्ण रुपमा निमार्ण भए पछि त्यसमा असी जना ज्येष्ठ नागरिक बस्न मिल्ले पनि उहाँले बताउनु भयो ।

सेवाका अध्यक्ष डादिनेश शर्मालको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार केशब अर्याले नहुदा सेवाको कामको प्रसंसा गर्दै राज्यले गर्नु पर्ने सामाजिक कार्यहरु नहुदा सेवा सदनमा सक्रिय जेष्ठ नागरिकले गरेर उदाहरणीय कार्यगरेको बनाउनु भयो । कार्यक्रममा स्थानिय सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष रामबहादुर तामाङ, सचिब सन्त कुमार तामाङ, नहुदा सेवाका सचिब मुरारी बिनोद पोखरेल कोषाध्यक्ष, सुभाष चन्द्र आर्चाय सहकोषाध्यक्ष रोसनी कर्मचार्य ,आर्चाय सदश्यहरु जगदिसराज पोखरेल ,जोत्सना श्रेष्ठ ,बिद्या आर्चाय,राधा ज्ञावली ,उमा थपलिया, मणिराज घिमिरे, धुव प्रसाद सापकोटा, लक्ष्मण सापकोटा,डा बेनबहादुर कार्की , बासु देबकोटा लगाएको सहभागिता रहेको थियो ।