नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार सम्पन्न पहिलो महाधिवेशनबाट नेपाल समाजवादी युवा संघका केन्द्रीय संयोजक दीपक महतो भारी मतले निर्वाचित भएका छन्।
बिहीबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार केन्द्रीय सदस्य मधेशी युवातर्फबाट दीपक महतो ४०८ मतका साथ निर्वाचित भए। सर्लाही वरहथवाका महतो निकटतम प्रतिस्पर्धी सुरेन्द्र कुमार यादवलाई २०४ मतमै सिमित राखि भारी मतान्तरले पराजित गरेका हुन्।
नवनिर्वाचित केन्द्रीय सदस्य महतोले पार्टीलाई देशको वैकल्पिक शक्ति बनाउन संगठन विस्तार र पार्टीका एजेन्डाबारे बुझाउन जनतासम्म पुग्ने बताए ।
उनले भने -चुनाव एउटा प्रक्रिया मात्र हो, हारजित आफ्नो ठाउँमा छ, हामी देशविकास तथा जनहितकोलागि गोलबन्द हुनुको विकल्प छैन ।
पार्टीलाई जनतामुखी बनाउन र पार्टीका एजेन्डालाई जनस्तरसम्म पुराउन सबै सक्रिएर भएर अघि बढ्नु पर्ने बताए ।
महतोले निर्वाचित भएपछि अमूल्य मत दिएर आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधि, प्रस्तावक दीपक बोहरा र समर्थक ईन्द्र सिलवाल लगायत समस्त प्रचार–प्रसारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।



















