काभ्रेपलाञ्चोकको तेमालमा जन्ती पुर्‍याएर फर्कदा बस दुर्घटना ,एक जनाको मृत्यु

८ फागुन, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ ।
जन्ती तेमाल पु¥याएर धादिङ फर्कने क्रममा ना४ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा तेमाल–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।