नेकपा एमाले फुटाएर सही काम गरियो , माधव नेपाल

 

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फुटाएर आफूले सही र जायज काम गरेको बताएका छन् ।

ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको बताए ।

‘नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह ग¥यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्,’ उनले भने ।

 

नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध गर्ने पनि बताए । अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिकिर गरे ।

‘एकीकृत समाजवादीका बारेमा अनेकथरीका कुराहरू प्रचारमा आइरहेका छन् । कसैले एमालेसँग यो पार्टी मिल्न गयो भनेर कसैले माओवादीसँग मिल्न जाने भयो भनेर । अनेकथरीका कुप्रचारहरू भइरहेका छन्’ उनले भने, ‘यस्ता कुनै पनि कुप्रचारहरूको भ्रममा पर्नुपर्ने आवश्यकता छैन ।’