धादिङको गल्छि गाउँपालिका–३ गुप्तेश्वरस्थित भित्री कच्ची सडकमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आज बिहान २ बजे स्थानीय गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएकाहरू गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको उपचारका क्रममा बिहान ६ः२० बजे गजुरी अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका गजुरी–६ कै १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षीय सुरेश चेपाङ थप उपचारकाmागि काठमाडौं रेफर गरिएको छ ।

















