तपाई एक जना युवा कानुन व्यवसायी हुनुहुन्छ, अधिवक्ताको लाइसेन्स लिए पछि अभ्यासमा जाँदा सुरुवाती चरणमा एउटा नव प्रवेसी कानुन व्यवसायीले के कस्ता समस्या भोग्नु पर्दोरहेछ ?
पछिल्लो समय युवाहरुको कानुन व्यवसाय तर्फ आकर्षण बढ्दो छ । मेरो आफ्नो कुरा गर्नुहुन्छ भने सुरुमा मैले शिक्षामा मास्टर्स गरेको व्यक्ति हुँ । मास्टर्ससम्म मैले गणित विषय लिएर पढेको थिए । मास्टर्स गरे पछि केही समय पढाए पनि तर मलाई कानुन पढेर आफ्नो पेसामार्फत जनताको सेवा गर्दै क्यारीअर बनाउने रहर जाग्यो त्यसपछि मैले नेपाल ल क्याम्पसमा एल.एल.वि मा भर्ना गरे । एल.एल.वि पढ्दै गर्दा मलाई वकालत पेसा भनेको एउटा राम्रो पेसा हो भन्ने लाग्यो।
किनकि यो एउटा उच्च स्तरीय बौद्धिक पेसा हो । यो पेसा अंगाल्दा विभिन्न घटना जुन हामीले किताब र पत्रपत्रिकामा पढ्थ्यो त्यसमा आफै सहभागि भएर बहस पैरवी गर्न पाउने भए पछि झन उत्साहित भए । पढ्दै गर्दा अधिवत्ता र न्यायधिशहरुको जीवनशैली हेर्दा पनि झन आकर्षित भए र यो पेसामा लागे । पेसामा लागे पछि सुरुमा धेरै नै संघर्ष पनि गर्नु पर्यो जुन अझै पनि कायमै छ । खास गरी मस्यौदा तयार गर्न र प्रकृया बुझ्न गाह्रो भयो ।
कयौ युवाहरु त फिल्ममा वकिल न्यायधिशहरुको ओजनदार प्रस्तुतीले घटना क्रममा उथपुथल ल्याउने उनीहरुले बढो मान सम्मान पाउने गरेको त्यो देखेर पनि यो पेसामा आकर्षित हुन्छ के व्यवहारमा पनि त्यस्तै हुन्छ ?
अवस्य पनि फिल्महरुमा वकिल र न्यायधिशको भूमिका देखेर पनि कयौ युवाहरु यो पेसामा आकर्षित हुने गर्दछन, म पनि आकर्षीत भएको थिए । अझ मदरासी फिल्ममा वकिल र न्यायधीशहरुले राख्ने तर्कले सबैलाई आकर्षित गर्दछ, तर व्यवहारीक अभ्यासमा त्यस्तो विल्कुलै हुदैन । फिल्ममा एउटा कथा हुन्छ त्यसमै केन्द्रित रही बहस पैरवी गर्ने गरेको हुन्छ । व्यावहारमा जाँदा कयौ भावनात्मक कुरा हुन्छन् कयौ मनोविज्ञानका कुरा हुन्छ, कानुनी कुरा हुन्छ । मुद्दामा अनेक पाटा हुन्छ ति पाटाहरु हेरेर बहस पैरवी गर्नुपर्ने हुन्छ, त्यसैले फिल्ममा देखे जस्तो व्यवहारमा हुदैन ।
युवा कानुन व्यवसायीहरु पढाईमा र क्षमताका हिसाबले अब्बल भए पनि व्यवहारीक अभ्यासमा जाँदा ठूला वडा नाम चलेको केही वकिलले प्रस्तै मुद्दा पाउने नवप्रवेसी युवा कानुन व्यवसायीले खासै मुद्दा नपाउने जसले गर्दा पेसामा टिक्न पनि हम्मे हम्मे हुन्छ भन्छ नि ?
तपाईले मनको विषय उठाउनुभयो । यो समस्या मैले पनि भोगेको समस्या हो । वरिष्ठ अधिवक्ता जो यो पेसामा लामो समय देखि अभ्यासमा रहनुभएका अंगे्रजहरु कानुन व्यवसायी हुनुहुन्छ ।उहाँहरुले नाम दाम काम राम्रो पाउनु हुन्छ । तर सुरुमा हामीले जब लाइसेन्स लिएर पेसामा प्रवेस गर्दछौ ठुलै संघर्ष गर्नु पर्दछ । दिन त नवप्रवेसी कानुन व्यवसायीहरुलाई नेपाल वार काउन्सीलले एउटा अभिमुखी करण तालिम दिन्छ, निवेदन दिने हो भने नेपाल वार काउन्सीलले पनि अभ्यास गर्ने वातावरण मिलाई दिन्छ ।
वारले क्षमता अभिवृद्धिको निम्ती तालिममा पनि पठाईदिन्छ । त्यस पछि हामी कुनै ल फर्ममा गएर अभ्यास गर्न सिक्छौँ । हामीले पढ्ने बेलामा सरहरुले वकालतमा काम दाम नाम सबै छ भन्नुहुन्थ्यो त्यो कारणले हामीलाई धेरै उत्साहित बनाउथ्यो । तर स्थापित अधिवक्ता भएकाले उहाँहरुको हकमा त्यो सहि थियो । पछि आफै व्यवहारिक अभ्यासमा जानु पर्दा सुरु सुरुमा सरहरुका कुरा किताबी माछा खाए जस्तै भए साच्चै माछा खान त खोलामै हाम फाल्नु पर्छ, खोलामा हाम फाल्ने भनेको त मद्दा मामिलासँग प्रत्यक्ष अभ्यासमा जाने हो ।अभ्यासमा जाँदा एउटा त सबै पक्ष समेटेर मस्यौदा तयार गर्ने कुरा हुन्छ जो आफैमा जटिल हुन्छ ।
दोस्रो कानुन भनेको प्रकृया पनि हो ,मुद्दाहरु अगाडी बढाउने भन्ने पनि एउटा महत्वपुर्ण प्रकृयामा रहेर नियममा रहेर हो । मुद्दा लेखे पछि अदालतमा मुद्दा दर्ता गरिन्छ, त्यस पछि अदालतमा बहस पैरवी हुन्छ । यहाँ विभिन्न प्रकृया हुन्छ पुराना अधिवत्ताले नवप्रवेसीलाई यो राम्ररी नसिकाउने समस्या छ । अदालतमा लाने यो ल्याउ त्यो ल्याउ भन्ने उस्तै परे झोला मात्र बोकाउने वास्तवमा जे सिकाउनु पर्ने हो त्यो नसिकाउने सिकाउन कञ्जुसायी गरे जस्तो पनि लाग्छ । तपाईले प्रश्न गरे जस्तै युवा कानुन व्यवसायीहरु पढाईमा र क्षमताका हिसाबले अब्बल भए पनि व्यवहारीक अभ्यासमा जाँदा ठूला वडा नाम चलेको केही वकिलले प्रस्तै मुद्दा पाउने नवप्रवेसी युवा कानुन व्यवसायीले खासै मुद्दा नपाउने र पेसामा टिक्न पनि हम्मे हम्मे हुन्छ ।
जब जब नेपाल वार एसोसिएसनको चुनाव हुन्छ तव तव नवप्रवेसी कानुन व्यवसायीको हक हितका कुरा निकै उठउने गर्दछन व्यवहारिक रुपमै नेपाल वार एसोसिएसनले नवप्रवेसी कानुन व्यवसायीको निम्ति काम गरेको छ त ?
नेपाल वार एसोसिएसनको २७ औँ कार्य समितिको निर्वाचन चैत्र २३ मा हुदैछ, यहि २२ गते मनोनयन दर्ता हुदैछ । जहाँ सम्म नेपाल वार एसोसिएसनले नवप्रवेसी कानुन व्यवसायीको निम्ति कत्तिको काम गरेको छ भन्ने यहाँको प्रश्न छ । पछिल्लो पटक कार्य समितिको अध्यक्षमा वरिष्ठ अधिवत्ता गोपाल धिमिरे निर्वाचित हुनुभयो । उहाँले चुनावमा युवा कानुन व्यवसायीलाई सम्बोधन गर्ने छु भन्नुभएको थियो । सोही अनुरुप उहाँले युवा कानुन व्यवसायीको राष्ट्रिय भेला गर्नभयो त्यो बेलामा नवोदित कानुन व्यवसायीहरुलाई कसरी उत्साहित गर्ने पेसामा कसरी स्थापित गर्ने भन्ने राम्रै छलफल भयो । यो पटक पनि चुनावमा यो ऐजेण्डा छ । म आफै पनि वैकल्पीक कानुन व्यवसायी एसोसियसनमा आबद्ध छु । नवोदित कानुन व्यवसायीलाई हामीले पनि सहयोग गर्दछौ । हाम्रो वैकल्पीक कानुन व्यवसायी एसोसियसनको माग पनि नवोदित कानुन व्यवसायीलाई सहयोग र न्यायलयको पुनर संरचना छ ।
तपाईहरुको संगठन वैकल्पिक कानुन व्यवसायी एसोसियसन पनि चुनामा जान्छ ?
अवश्य हामीले पनि चुनावमा सहभागिता जनाउछौ । एउटा बिडम्वनाको कुरा वकिलहरुका पनि दल निकटका संगठन छन । जस्तो कि नेपाली कांग्रेस निकट डेमोक्रेटीक लयर्स एसोसियसन (डि.एल.ए) नेकपा एमाले निकट कानुन व्यवसायीको संगठन प्रगतीशिल पेसागत कानुन व्यवसायी संगठन (पि.पि.एल.ए )माओवादी निकट गणतान्त्रिक कानुन व्यवसायी संगठन छन । अरु चुनावमा जस्तै यहाँ पनि गठबन्धन हुन्छ । अहिले हामीले मिले चुनावी प्रतिस्पर्धामा जाउ भनेर सबै पक्षसँग छलफल गरिरहेका छौ । हाम्रो पार्टी नेसपा नयाँ शक्तिले प्रजातान्त्रिक अभ्यासमा बढी विस्वास गर्नै भएकोले डि.एल.ए सँग अली बढी र अरु पक्षसँग पनि चनावी तालमेलका निम्ती कुरा गरिरहेका छौ । अहिले भेटघाट र छलफलकै चरणमा छौ । २२ गते सम्म यसको छिनोफानो हुन्छ । तालमेल नभए हामी आफैले प्यानल खडा गर्दछौ ।
तपाई आफू पनि उम्मेदवार बन्नुहुन्छ ?
वैकल्पिक कानुन व्यवसायीक संगठनका मुद्धाहरु स्थापित गराउन आवश्यक पर्दा म पनि उम्मेदवार बन्दछु ।न्यायलय भित्रका विकृती अन्त्य गर्न न्यालयको पुनरसंरचना गर्न ,युवा कानुन व्यवसायीको हक अधिकार सुनिश्चत गर्न म जस्ता युवा कानुन व्यवसायी नेपाल वारमा जानुपर्दछ । हामी सल्लाह गर्दैछौ । संगठनले पनि मलाई उम्मेदवार बनाउने छ । त्यसैले उम्मेदवार बन्ने सम्भावना छ तर अन्तिम निर्णय साथीहरुसँग सल्लाहा गरेर गर्दछु ।
अदालतमा न्यायधिशबाट पनि वरिष्ठ अधिवक्ताहरुको कुरालाई महत्व दिए पनि युवाहरु जतिनै क्षमतावान भए पनि उनीहरुका कुरा न्यायधीशले गम्भिरता साथ सुन्दैनन भन्ने गुनासो पनि छ नि ?
अहिलेको जमना ए आईको जमना हो ।जति पछिल्लो पुस्ता छ उती बढी क्रियाशिल र क्षमतावान छ । हामी भन्दा पछिका झन जान्ने छन । अवश्य पनि तपाईले प्रश्न गर्नुभए जस्तै अदालतमा न्यायधिशबाट पनि वरिष्ठ अधिवक्ताहरुको कुरालाई महत्व दिने युवाहरु जतिनै क्षमतावान भए पनि उनीहरुका कुरा न्यायधिशले गम्भिरता साथ नसुन्ने समस्या छ ।यसको मत्तलव वरिष्ठका कुरा सुन्नुहुन्न भन्ने होईन उहाँहरु त सम्मानीत व्यक्ति हो सुन्नै पर्दछ । यसका साथै नवोदित युवा कानुन व्यवसायीका कुरा पनि श्रीमानहरुले राम्ररी सुनिदिए युवाहरु उत्साहित हुन्छन भन्ने हो ।वरिष्ठले भन्दा जे भने पनि सहि हुने नवोदित युवा कानुन व्यवसायीले भन्दा उसले नियम कानुन बुझेन कि भन्ने सोचाई कैही हद सम्म छ यो सोचाई बदल्नु पर्दछ ।
सर्वोच्च अलादत कै वरिष्ठ न्यायधिश हरिकृष्ण कार्कीको प्रतिवेदन र केही अवकास प्राप्त प्रधानन्यायधिशले अदालतमा विचौलियाको चलखेल हुने बताउनुभयो के अदालतमा पनि भ्रष्टचार र चलखेल हुन्छ ?
न्यायलय सुधारको निम्ती हरिकृष्ण कार्कीले जुन प्रतिवेदन ल्याउनु भयो त्यसमा अदालतमा सुधार गर्नु पर्ने कुरा उल्लेख छ । त्यो प्रतिवेदन लागु गर्न पनि ठुलै आन्दोलन गर्नु पर्यो त्यो आन्दोलनबाट तत्कालीन प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जवरा बाहिरिनु पर्यो । त्यसैले न्यायलयमा भ्रष्टचार छैन् भनी दावी गर्न सक्ने अवस्थामा म भईन । अहिले नेपाल वारका अध्यक्ष विरुद्ध पनि मानहानीको मुद्दा चलिरहेको छ । न्यायलय वास्तव मै स्वच्छ स्वतन्त्र हुन पर्दछ, भ्रष्टचार हुनुहुन्न । तर अहिले न्यायलय वास्तव मै स्वच्छ स्वतन्त्र छ भ्रष्टचार छैन भनेर भन्न सक्ने अवस्था छैन त्यसैले हामीले अबको नेपाल वारको चुनावमा यी विषय पनि एजेन्डा बनाउछौँ ।
अदालतको एउटा आदेशले व्यक्तिको सम्पत्ति स्वतन्त्रता र जीवन कै अधिकार हनन हुन सक्छ न्यायलय स्वच्छ नभए यी अधिकार संकटमा पढ्छ । यसमा न्यायलय र वकिल कति गम्भिर हुनु हुन्छ ?
अवस्य पनि श्रीमानको एउटा सहिले मान्छे ज्यान जान्छ,जन्म कैद हुन्छ ,सम्पत्ति सर्वश्व हरण सम्म हुन्छ । त्यसैले न्यायलय गम्भिर नै छ । यदाकता एकाध मुद्दामा तलमाथि हुन सक्छ नत्र न्यायलय गम्भिर छैन भन्ने होइन तर पुर्वन्यायधिशहरुको भनाई र हरिकृष्ण श्रीमानको प्रतिवेदनले उठाएका कुरा केही होइन भन्न पनि मिल्दैन । हामी न्यायलयको सम्मान गदैछौँ । तर सुधार्नु पर्ने विषय प्रस्तै छन् । अहिले पनि अरु संस्था प्रति भन्दा न्यायलय प्रति जनआस्था छ यो कायम राख्नुपर्छ ।
पछिल्लो समय न्यायधिश नियुक्तिमा दलिय भागबण्डा भयो दलका कार्यकर्ता न्यायधिश बने जसले गर्दा न्यायलयमा क्षमतावान व्यक्ति भन्दा कार्यकर्ता न्यायधिश बने भन्ने पनि छ नि ?
अत्यन्तै क्षमतावान व्यक्ति न्यायधिश बन्नु पर्दछ । संबैधानिक परिषद्ले प्रधान न्यायधिश र न्यायपरिषद्ले अन्य न्यायधिशको नियुक्तिको सिफारिस गदर्छ । तपाईले प्रश्न गरे जस्तै दलहरुका सहमतिमा न्यायधिश नियुक्ति गर्ने गरेको छन् भनेर व्यवहारमा देखिएको छ । हामी यस्तो हुन हुदैन भन्दछौ ।
अहिले संविधान संशोधनको चर्चा पनि छ संविधान संशोधन गर्दा न्यायलयको पुनर संरचनाको विषय पनि उठाउनु पर्ला नि ?
संविधान आफैमा पुर्ण हुदैन ,व्यवहारीक अभ्यास गर्दा जे जस्ता समस्या आउँछन ती समस्या संम्बोधन गर्न संशोधन गर्नुपर्ने हुन्छ । सायद यहाँले अहिलेको सरकार बन्दा दुई दल बिच संविधान संशोधन गर्ने सहमति भएकोले पनि यो प्रसंग गठाउनुभएको होला ।कानुन व्यवसायीको हिसाबले भन्दा न्यालयको पुनर संरचना र युवा कानुन व्यवसायीहरुका समस्या समाधान स्वच्छ न्याय पाउने गरि संविधान संशोधन गर्नुपर्दछ ।
के गर्याे भने नवप्रवेसी कानुन व्यवसायीहरुलाई पेसामा टिकि रहन सहज हुन्छ ?
एक नम्बरमा त युवा कानुन व्यवसायीले आफ्नो क्षमता अभिबृद्धी गर्नुपर्दछ ।आफू क्षमतावान नभए सम्म हुन्न। त्यसपछि नेपाल वार र वार काउन्सिल, नेपाल वारले अहिले दिने तालिमलाई अझ विशिष्ट बनाउने । त्यसै गरि वष्ठि अधिवक्ता ज्यूहरुले नवप्रवेशीहरुलाई कन्जुसायी नगरी विधि प्रकृया व्यवहारीक अभ्यासबारे सिकाउनु पर्दछ ।त्यस्तै कलेज पढ्दा पनि एक महिना व्यवाहारीक अभ्यास हुन्छ । व्यवहारीक अभ्यासमा जादाँपढेका मात्र आउदैनन धेरै मुद्धा आउँछन । त्यसमा कुन कार्यविधि अपनाउने कसरी जाने भन्नेहुन्छ । त्यो सिकाउनु पर्दछ ।पेसामा प्रवेश गर्दा साथ सिननियरले जतिनै कमाउछु भन्ने होईन आफुुले पनि सिक्दै जानु पर्दछ सिके र क्षमता बढाए पछि सहज हुन्छ ।
जाँदा पढेको माग आउदैन धरै मुद्दा आउछन् कुन कार्यविधि अपनाउने कहाँ कसरी जाने भन्ने सिक्नु सिकाउनु पर्दछ । पेसामा आउदा साथ पैसा कमाई हुन्छ सिनियरले जति नै कमानु पर्छ भन्ने होइन आफूले पनि सिक्दै क्षमता बढाउदै जाने कार्य क्षमता बढाए पनि पछि सहज हुन्छ ।
तपाई पेसाले अधिवक्ता हुँदाहुँदै पनि राजनितिमा पनि सक्रिय हुनुहुन्छ ? केही समय अघि भएको नेपाल समाजवादी नयाँ शक्तिको महाधिवेशमा केन्द्रिय सदस्य पनि चयन हुनुभयो पेसा र राजनितिलाई कसरी तालमेल गराएर अगाडी बढ्नुहुन्छ ?
मैले गर्ने भनेको राजनिति अली फरक छ, हामी राजनितिलाई पेसा होइन देश हाँक्ने नीति बनाउने ठाँउको रुपमा लिन्छौ । अहिले पेसा नगर्ने राजनिति गर्ने र राजनितिबाट कमाउने भन्ने सोचाई छ । हामी त्यसको विरोधी हौ, हामी संवृद्धी, सुशासन, सदाचार सहितको राजनीति भन्छौ । त्यसको निम्ति खर्च चलाउनको निम्ति व्यवसाय गर्ने बाँकी समय देश, जनता र समाजका निम्ति दिने गर्दछौ । हामी लिने होइन योगदान दिने राजनीति गर्दछौ । त्यसैले पेसा गरी आफू बाच्ने बाँकी समय पार्टीलाई दिने गर्दा कुनै समस्या हुदैन ।
व्यवसायीसँगको एजेण्डा पनि नवोदित कानुन व्यवसायीलाई सहयोग गर्ने देखि न्यायलयमा पुनर संरचना गर्ने सम्म छन् ।


















