नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पार्टीले खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताको उद्देश्य पिउने पानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्नु, पिउने पानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सुदृढ पार्नु हो । सम्झौतामा भूमिगतपानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख गरिएको छ । उक्त सम्झौँताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तब, भारतसरकारको जलशक्ति मन्त्रालयका सचिव द्धय अशोक मिणा, देवश्री मुर्खजी, नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता रहेको छ ।