थापाथलीमा फुटेको खानेपानीको मर्मत गर्न रातभरी लाग्यो

काठमाडौँ, २१ फागुनः थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलको प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले राससलाई जानकारी दिनुभयो ।