पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् । आज पोखराबाट एक हप्ताको भ्रमणपछि उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् । विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् ।

 

स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरुले हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ लगायतका नारा लगाएर स्वागत गरेका छन् ।

पूर्वराजा शाहलाई स्वागतमा बाजागाजा र पुष्पहारसहित समर्थकहरु विमानस्थल पुगेर स्वागत गरेका छन् ।