विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक शुक्रवार बस्ने

काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि (शुक्रवार) बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार १५ गते काठमाडौँमा हुन लागिएको विरोध सभाको तयारीका लागि बैठक बस्न लागेको हो । यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको उनले बताए ।
‘चैत १५ गते काठमाडौँमा हुने विरोध सभाको तयारीका लागि बैठक बस्न लागिएको हो । विरोध सभाको तयारीमा जुट्नुपर्ने भएकाले चैत ९ गते जनकपुरमा राखिएको विरोध सभा स्थगित गरिएको छ’, श्रेष्ठले भने ।