चैत ५ गते त्रिभुव विश्व विद्यालय अन्तरगतका अधिकांस आंगिक क्यापसहरुमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सम्पन्न भएको छ । स्ववियु निर्वाचनमा पनि अन्य निर्वाचनमा जस्तै प्रमुख दलकै भातृी संगठन बिच प्रतिस्पर्धा भएको छ ।
त्यसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु ,माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु र राप्रपा निकट बिद्यार्थी संगठनले भाग लिए थिए । चुनावमा २३५ क्याम्पसको नतिजा आउँदा सबैभन्दा धेरै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जित हात पारेको छ ।
नेविसंघले ९९ क्याम्पसमा जित हात पारेको छ । त्रिविका आंगिक क्याम्पसतर्फ नेविसंघ १२, अनेरास्ववियुले ११ र अखिल क्रान्तिकारीले ७ क्याम्पसका स्ववियु अध्यक्ष जितेको क्याम्पस तथा निर्वाचन समितिले जनाएका छन् । स्वतन्त्र उम्मेदवार ३ र समाजवादी विद्यार्थी युनियन एक आंगिक क्याम्पसमा विजयी भए । त्यस्तै, सामुदायिक/निजीतर्फ नेविसंघले ८७, अनेरास्ववियुले ८० र अखिल क्रान्तिकारीले ५८ क्याम्पसमा जित हात पारे । ३ वटा इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् ।
अधिकांश क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कडा टक्कर देखिएको छ । तुलनात्मक रूपमा कमजोर ठानिएको अखिल क्रान्तिकारीले नेविसंघ र अनेरास्ववियुलाई चुनौती दिँदै कतिपय क्याम्पसमा जित निकाल्न सफल भएको छ । काठमाडौं उपत्यकामा निर्वाचन भएका ११ वटै क्याम्पसको मत परिणाम प्राप्त भएको छ । जसमा नेविसंघले ५, अनेरास्ववियुले ३, अखिल क्रान्तिकारीले २ र स्वतन्त्र उम्मेदवारले एक क्याम्पसको स्ववियु अध्यक्ष जितेका छन् ।
यो लेखमा निर्वाचन परिणामको धेरै विश्लेषण गर्ने भन्दा पनि संसदमा चौथौ ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने स्ववियु निर्वाचनमा भाग लिदा क्यापसमा राजनीति हुन्छ । पढ्ने ठाँउमा राजनीति नगर्ने भन्दै उसले स्ववियु निर्वाचनमा सहभागिता नजनाएको हो । रास्वपाले पहिला देखि नै पेशागत तथा अन्य जनसंगठन नबनाउने भन्दै आएको छ । रास्वपा र केही अन्य शिक्षा क्षेत्रका व्यक्तिहरुको भनाई पनि विगत देखिनै यस्तै रहदै आएको छ । यस्तो मेसोमा अब प्रश्न उठ्छ के स्ववियु निर्वाचनमा भाग नलिदैमा शैक्षिक क्षेत्रका समस्याहरुको समाधान हुन्छ ? वा स्ववियुमा भाग लिएर सुधार गर्न सहज हुन्छ ? त्यस्तै स्ववियुमा भाग लिनेहरु पढ्दै नपढ्नेहरु मात्र हुन त ? रवि लामिछानेले जे भने अवस्य पनि त्यस्तो होईन ।
युवाहरुले पढाइैसँगै देशको राजनीतिबारे जानाकार हुनुपर्दछ । किनिकि भावि दिनमा देशको नेतृत्व गर्ने अहिलेका युवाले हो । रास्वपाको धारणा युवाहरुले देशको नेतृत्व गर्नुपर्दछ भन्ने सोचाईबाट टाढा राख्ने सोचाई हो । रास्वपाका नेताहरुलाई राम्ररी थाहा छ । राजनीति नीतिहरुमा मुल नीति हो । राज्यलाई आर्थिक सामाजिक रुपले समृद्ध बनाउन सबैभन्दा ठूलो भूमिका राजनीतिकै हुन्छ । त्यसैले राज्यको नीति बनाउने यस्तो महत्वपूर्ण विधामा लाग्नुहुदैन भन्नु रास्वपाको पुरना पार्टीलाई नै अझ खान दिनुपर्दछ भन्नु हो । सबैलाई थाहा छ ,अहिले राजनीतिलाई पेशा बनाउने पद, शक्ति र पैसा प्राप्त गर्ने हतियारको रुपमा लिईदै छ । राजनीनि गर्नेहरुको यस्तो विकृती सोचाई हटाउन पनि राजनीतिमा युवाहरु आउन जरुरी छ ।
राजनीति देश र जनताका लागि गर्नुपर्दछ, समाजमा अग्रगामी परिवर्तनका लागि गर्नुपर्दछ । राजनीतिलाई कमाई खाने पेशा होईन समाजसेवा गर्ने माध्यमका रुपमा लिनुपर्दछ । यो कुरा बुझाउन विद्यार्थी काल देखिनै युवाले राजनीति बुझ्दा राम्रो हुन्छ ।
युवा विद्यार्थीहरेक परिर्वतनका संवाहक हुन, परिवर्तनका नाममा भएका क्रान्तिहरुमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहासबाट थाहा हुन्छ । नेपालको राजनीतिक इतिहास केलाएर हेर्दा २००७, २०४६ र २०६२–०६३ सालका जनआन्दोलनमा युवाहरुको भूमिका अतुलनीय छ । यस्तो अवस्थामा अहिलेको राजनीतिक नेतृत्वलाई दोष दिने आफू राजनीतिमा नआउने ठिक हुदैन ।
राजनीतिक नेतृत्वले विगतमा देशलाई आत्मनिर्भर र समृद्ध बनाउन गर्नुपर्ने काम नगरेका कारण नै देशले यतिखेर संकट झेल्नुपरिरहेको छ। यस्तो अवस्थामा युवाको भूमिका के हुने ?युवा राजनीति कस्तो हुने भन्ने कुरामा बहस हुन जरुरी छ । पाका भनिएका नेतृत्व पंक्तिले युवालाई यसै पनि राजनीतिमा उचित स्थान दिन सकिरहेका छैनन्। त्यस्तो अवस्थामा युवा विद्यार्थी राजनीतिमा नआउने भन्ने हुदैन । किनकि राजनीति भनेको राज्यको मुल नीति हो । मुल नीति ठिक नभए सम्म व्यवस्थालाई ठिक हुँदैन न त विदेशी नीति न त अर्थ नीति नै ठिक हुन्न ।एकातर्फ यो भयो अर्को तर्फ विद्यार्थीका सबै समस्या समाधान गर्न दबाव दिन पनि स्ववियु मार्फत दवाब दिन सहज हुन्छ । यो हिसाबले पनि स्ववियु निर्वाचनमा भाग लिनु राम्रो हुन्थ्यो ।


















