राजधानीको यी स्थानमा लाग्यो कर्फ्यु

काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी गरेको हो ।

कर्फ्यु शुक्रवार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिए ।

सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख छ । यस्तै आवतजावत पनि गर्न नपाइने सूचनामा उल्लेख छ ।