skip this वडा नं १६ बालाजु च:मती

त्रिभुवन विमानस्थलमा बाक्लो तुवाँलोले उडान प्रभावित

आज बिहानका पाँच वटा माउन्टेन फ्लाइट काठमाडौंबाट उडे पनि भिजिबिलिटी कम हुँदा अवतरण गर्न नसकेपछि अन्य विमानस्थलमा डाइभर्ट भएका छन्।

बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले ‘आइएफआर’ प्रविधिबाट उडानरअवतरण भइरहेको छ । जसले गर्दा साविकको तुलनामा जहाजको व्यवस्थापन ढिला हुन्छ ।

आज बिहान निर्धारित धेरैजसो उडान प्रभावित भएका थिए । अहिले पनि आकासमा केही फन्को मारेपछि मात्र जहाजहरूले अवतरणको मौका पाइरहेको देखिन्छ।

आज बिहानका पाँच वटा माउन्टेन फ्लाइट काठमाडौंबाट उडे पनि भिजिबिलिटी कम हुँदा अवतरण गर्न नसकेपछि अन्य विमानस्थलमा डाइभर्ट भएका छन्।