ट्रम्पको घोषणाले संसारभर तनाव, बेलायतको शेयर बजारमा भारी गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अतिरिक्त भन्सार शुल्क घोषणाले बेलायतको बेयरबजारमा पाँच वर्षभन्दा अघिको महामारी पछिको भारी गिरावट आएको छ । बेलायतको मुख्य शेयर सूचकांक (एफटीएसई-१००) मा पाँच वर्ष पहिलेको महामारी पछिको सबैभन्दा ठूलो एक दिवसीय गिरावट देखिएको बीबीसीले जनाएको छ । बुधबारदेखि हालसम्म संसारभर शेयर मार्केटमा खर्बौँ डलरको नोक्सानी भइसकेको छ ।

ट्रम्पले विश्व बजार नै प्रभावित पार्ने गरी भन्सार महशुल घोषणा गरेको भन्दै चर्को आलोचना भइरहेको छ । चीनमाथि ५४ प्रशित आयातकर लागेको छ । उसले समेतत आउँदो सातादेखि मेरिकी बस्तुहरुमा ३४ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाएर जवाफ दिने योजना बनाएको छ ।

केही मुलुकहरु ९ अप्रिल अघिको समयअघि ट्रम्पसँग कुराकानी गर्न खोजिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार भियतनाम आफ्नो ट्यारिफ अर्थात् अतिरिक्त भन्सार शुल्कलाई शून्य गर्न चाहिरहेको छ ।

निंटेंडोले कार विक्री रोकेको छ भने कर्मचारीलाई विदा दिएको छ । कतिपय कार विक्रेता कम्पनीले ट्यारिफको प्रभावका कारण यस्तो गर्नु परेको भनी प्रतिक्रिया दिएका छन् ।