skip this वडा नं १६ बालाजु च:मती

४ भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो ।

चारमध्ये एकजनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । निवेदनमाथि प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।

आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।