skip this वडा नं १६ बालाजु च:मती

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेत । कालिकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। ‎आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका–२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हो ।

‎जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पलाँता–९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार ‎‎मृत्यु हुनेमा पलाँता–४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र खत्याड, ५ मुगुका चन्द्र प्रकाश रोकाया रहेका छन् ।
ट्र्याक्टर भीरबाट खसेको बताइएको छ ।