प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार टेलिफोन संवाद भएको छ । बुधबार भएको टेलिफोन संवादमा जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको ओलीले कडा शब्दमा निन्दा गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
सो क्रममा ओलीले जीवन गुमाएकाप्रति हार्दिक समवेदना व्यक्त गरेको र मोदीले पनि उक्त आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेको दूतावासको भनाइ छ । साथै क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा मोदीले जोड दिएका थिए ।


















