नेपालमा अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी स्थगन गरिएको भएको छ । २०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो। यद्यपी सम्झौतामा भने नेपालले २०७४ सालमा हस्ताक्षर गरेको थियो ।अमेरिकाको ५०० मिलियन डलर र नेपालको १९७ मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले आफ्नो कार्यक्रम स्थगनबारे नेपालका अधिकारीलाई इमेलबाट जानकारी दिएकाले स्रोतले बतायो ।
यो निर्णयलाई गत महिना मात्र अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेका डोनल्ड ट्रम्पको वैदेशिक सहायता कटौती गर्ने नीतिको प्रभाव मानिएको छ।अमेरिकामा डोनल्ड ट्रम्पको प्रशासनले खर्च कटौतीका निम्ति भन्दै अमेरिकी सहयोग नियोग यूएसएआईडीका कार्यक्रम बन्द गरिदिएको थियो।तर एमसीसीबारे भने केही भनिएको थिएन।
अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो।



















