पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँद

 

पूर्वप्रधानमन्त्री एवं नेसपा( नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई आज छिमेकि राष्ट्र भारत जाँदै हुनु हुन्छ । नेसपा( नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उहाँ आज दिउसो १ बजेको फ्लाईट मार्फत भारत जान लाग्नु भएको हो । अध्यक्ष डा. भट्टराई प्रगतिशील नेपाली समाज , भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लाग्नु भएको पनि उपाध्यक्ष यमीले जानाकारी दिनु भयो । अधिवेशन भोली आईतबार बाट भारतको फरिदावादमा हुँदै छ । अध्यक्ष भट्टराईको साथमा नेसपा( नयाँ शक्ति) की उपाध्यक्ष एवं बिदेश बिभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा( नयाँ शक्ति) का सचिव एवं प्रवास प्रदेश अन्तरर्गत भारतका ईन्चार्ज शन्देश कार्की पनि भारत जाँदै हुनु हुन्छ ।