सहकालका देवता रातो मत्स्येन्द्रनाथको रज तान्ने जात्रा शुरु भइसकेको छ ।वैशाखशुक्ल प्रतिपदादेखि आषढ शुक्ल चौथी सम्म निरन्तर चलिरहने जात्रा हो यो । यस वर्षको यो साँस्कृति, भधार्मिक जात्रा ललितपुरमा यही वैशाद १६ देख शुरु भएको छ । सबैभन्दा लामो जात्रा पनि हो यो । पद्यपाणि लोकेश्वर र बुँगद्यो नामले पनि पुकारिन्छ मत्स्येन्द्रनाथको राथ जात्रालाई । यी देवता वर्षकालका देवता पनि हुन् र गत वर्षभैँ यसपालि पनि मत्स्येन्द्रनाथको रथारोहणको क्रम संगै वर्षा भएको छ विद्यमान प्रदूषणामा जलवर्षाका कारण् केही सुधार भएको छ । देवतालाई कृषि, गोरक्षाका रक्षकका रुपमा पनि लिइन्छ । लामो समय पानी नपरेकै कारण उष्ण आद्रतामा जीवन व्यतीत गर्न बाध्य भयौँ हामी । विश्वमै धेरै वायु पूदूषित अबस्थाको भन्दै संसारलाई परिचय पनि दिँदैछौँ ।
खाद्यान्न संकट भइरहेको अबस्था छ अहिले, बजारमा धान्नै नसक्ने गरी मूल्य वृद्धि भएको छ । उत्पादन कम र परनिर्भरताकै कारण यसो भएको हो । यसै सन्दर्भमा सहकालका देवताका रुपमा चिनिने रातो मत्स्येन्द्रनाथको जात्रा ललितपुरको जावलाखेल, बुँग्मतीबाट शुरु गर्दै ललितपुरको विभिन्न क्षेत्रमा परिक्रमा गराउँदै मत्स्येन्द्रनाथलाई जावलाखेल पुर्याएर त्यसको ४ दिनपछि भोटो जात्रा गर्ने हाम्रो परम्पराले आज १३ सय वर्ष व्यतीत गरिसकेको छ ।
रथ घुमाउने क्रममा पुल्चोकबाट गाबहाल हुँदै जावलाखेल लगेर त्यहाँ पुगेपछि चारौँ दिन भोटो देखाइन्छ । रथ ६० फिटको हुने र यो ललितपुरको इति र थातीक्षेत्रमा पुर्याएपछि भने महिललाले मात्रै रथ तान्ने गर्र्छन्, यसलाई नेवारी भाषामा याक मिसाया भुज्या भनिन्छ । हरेक १२ वर्षमा २ पल्ट भोटो देखाइन्छ साधारण अबस्थामा जावलाखेलमा र अर्को बुँग्मतीमा हुन्छ यो, रथलाई बुँग्मती नै लगेर । । नेपाललाई हिन्दु र बुद्ध धर्म दर्शनको केन्द्रस्थल मानिन्छ । हिन्दु, बुद्ध संयुक्त रुपमा मान्ने चाड पर्वहरु यहाँ धेरै छन् । दुवैका लागि परिचित काठमाडौंँ उपत्यकाको प्रमुख जात्रा हो भोटो जात्रा हो ! जाडो र गर्मी दुवै समयमा जात्रा मनाई आप्mनो परम्परा कायम राख्ने हाम्रो परम्परा छ । सेतो मत्स्येन्द्रनाथको जात्रा भने काठमाडौँ असन, मच्छेन्द्रबहालमा हुन्छ, यो हिउँदमा हुन्छ ।
किसानका लागि विशेष कृपा दृष्टिमा रहने मत्स्येन्द्रनाथलाई बौद्धमार्गीले बोधिसत्व, पद्मपाणि आदि नामले पुकार गर्ने गर्छन् । हिन्दुहरुले मत्स्येन्द्रनाथलाई परम आदरणीय पूज्य गुरु गोरखनाथका गुरुका रुपमा हेर्ने गर्छन् । भगवान् पशुपतिनाथले वर्षमा दुईपटक बुद्धको रुप लिन्छन् र महा शिवरात्रीका दिन पशुपतिनाथलाई पनि मत्स्येन्द्रनाथका रुपमा पुजिने गरिन्छ । यसले पनि पुष्टि गर्छ कि मत्स्येन्द्रनाथ सवैका सदावहार साझा देवता हुन् ।
शताब्दीयाँै अघिदेखि देखिएको साँस्कृतिक मान्यताको रुपमा स्थापित मत्स्येन्द्रनाथको जात्रा सुरु गराउने श्रेय भने लिच्छवीराजा शिवदेवलाई जान्छ । राजा नरेन्द्रदेवको नाम पनि जोडिएको छ यसमा । मत्स्येन्द्रनाथको मूल स्थल पाटनको बुङ्मती हो । “बँुद्यो” भनेर नेवारी भाषामा परिचित छ जसअनुसार बुँद्यो भन्नाले बोलाउना साथ आएका देवता भन्ने बुझिन्छ । प्राचीन काठमाडाँैं खाल्डोमा लामो समयसम्म वर्षा नहुँदा तान्त्रिक गुरु बन्धुदत्तलाई बोलाई यसको कारण खोज्दा भारतबाट मत्स्येन्द्रनाथलाई आमन्त्रण गर्ने, उहाँ आउँदा गोरखनाथ उठ्ने र टौदहका नौ नागहरु स्वतन्त्र भएपछि वर्षा हुने सबै योजना मिलाइएछ । तान्त्रिक बन्धुदत्तले तन्त्र विद्याबाट यसको मूल जरो पत्ता लगाएछन् कि एकपटक गुरु गोरखानाथले योगीको भेषमा यहाँको भ्रमण गर्दा उनलाई नचिनेकाले आतिथ्य सत्कार भएनछ । आत्मसम्मानका कारण गोरखनाथ भने बर्षाका स्रोतका रुपमा रहेका विभिन्न ९ थरि नागहरु माथि आफनो मजबूद आसन बाँधी बसेपछि यहाँ वर्षा रोकिएको कुरा तान्त्रिक बन्धुदत्तले बुझेछन् । विभिन्न राय परामर्श भएको र गुरु गोरखनाथलाई नउठाएसम्म नागहरु थिचिनै रहने कारण जल वर्षा नहुने बुझेर गोरखनाथलाई उठाउने प्रयत्न गर्दा उनका गुरु मत्स्येन्द्रनाथले उनलाई उठाउन सक्ने कुरा पत्ता लागेछ । तान्त्रिक बन्धुदत्त, ललित नामका एक ज्याप्ु किसान र राजा नरेन्द्रदेव भारतको कामरु कामाक्षमा पुगी यहाँको सवै यथार्थ बताएर यहाँ आइदिन अनुरोध गर्दा मत्स्येन्द्रनाथले यो प्रस्तावलाई स्वीकार गरेछन् । नभन्दै गुरु मत्स्येन्द्रनाथ यहाँ आउनासाथ गोरखानाथले आप्mनो आसनवाट उठी गुरुको दर्शन गर्दा नागहरु स्वतन्त्र भई घनघोर रुपमा जलवर्षा हुन थालेछ । साह्रा मानिसहरु उनको त्यो दिव्य कामको प्रशंसा गर्दै उनको नाममा जात्रा सुरु गर्न लागेछन् । प्रत्येक वर्ष ललितपुरको जावलाखेल बुङ्मतीवाट सुरु भई वुङ्मतीमै अन्त्य हुने गर्छ । भोटेजात्रा बा मत्स्येन्द्रनाथको रथयात्रमा विदेशी पर्यटक पाहुनाहरु पनि आउने, देखिने गरेका छन् ।


















