काठमाडौ महानगपालिका तत्कालिन वडा नं २९ हाल २६ वडा गाेंगबु आवास क्षेत्रमा अवस्थित कार्यविनायक गणेशमन्दिर निमार्ण र संञ्चालन सबैको लागि अनुकरणीय नमुना बनेको छ । काठमाडौ गाेंगबु आवास क्षेत्रमा अवस्थित यो मन्दिर १० आनामा क्षेत्रफलमा फैलिएको छ । मन्दिर निर्माण गोगबु आवास क्षेत्रका पूर्व अध्यक्ष महेश्वर कुमार श्रेष्ठ, काठमाडौ महानगरपालिकाका पुर्व मेयर राजाराम श्रेष्ठ र अधिवक्ता आचार्य गुरु एवं सोही मन्दिरका पण्डित तुलसी राम पोखरेलको विशेष पहल र सक्रियतामा भएको थियो । मन्दिरको प्रधान देवता कार्यविनायक गणेश हुन । यहाँ प्रत्येक मंगलबार गणेशको पुजा हुन्छ , जसमा २०० भन्दा बढि भक्तजन सहभागि हुदै आएको अधिवक्ता आचार्य गुरु एवं सोही मन्दिरका पण्डित तुलसी राम पोखरेलले सान न्युजलाई जानाकारी दिनुभयो ।

अत्यन्त व्यवस्थित रुपमा बनाईएको मन्दिरको प्राङ्गणमा चार फिटको राधा कृष्णको मन्दिर छ । राधा कृष्णको मन्दिर “नेपाल टप” को तर्फबाट दिपक श्रेष्ठको पहलमा बनाईएको हो । त्यसैगरी मन्दिर परिसरमा सीता ,राम, लक्ष्मण, हनुमानको मन्दिर पनि छ जुन किरण दर्शनले निर्माण गरिदिनुभएको हो । यहाँ राम नवमीको दिन सीता रामको विशेष पुजा हुन्छ, भने श्री कृष्ण जन्माष्टमीका दिन भगवान राधा कृष्णको पूजा हुन्छ । मन्दिरको दक्षिण तर्फ शिव , नन्दीको मन्दिर छ जहाँ ठुलो त्रिशुल भरतबाबु श्रेष्ठको सहयोगमा बनाईएको छ ।

भित्रको शिव मन्दिर बनाउन कामपा तत्कालिन वडा नं २९ मा बर्षाराम भण्डारी वडा–अध्यक्ष हुदा सहयोग प्राप्त भएको थियो । यहाँ प्रत्येक सोमबार शिवको पुजा हुन्छ । मन्दिरको प्राङ्गणको ढुगा काठमाडौ महानगपालिकाको सहयोगमा छापिएको हो । मन्दिरको गेट स्व रत्न कुमारी राज भण्डारीको सम्झनामा बनाईएको हो भने चैत्य केशव मानन्धरको सहयोगमा बनेको हो।
बुद्धमन्दिर पनि भक्तजनको सहयोगमा बनेको हो भने मन्दिर भित्रको डवली महेश्वर श्रेष्ठको सहयोगमा बनेको हो । गण्ोश र नारायणको मन्दिर हरि कर्माचार्यले निमार्ण गरिदिनुभएको हो। मन्दिरको पर्खाल सबै भक्तजनको सहयोगमा बनेको र मन्दिरको घण्टी कुर्चि पनि भक्तजनको सहयोगमा राखिएको अधिवक्ता आचार्य गुरु एवं सोही मन्दिरका पण्डित तुलसी राम पोखरेलका जानकारी दिनुभयो । गणेश मन्दिरको दक्षिणमा वाटर गार्डेन छ ,त्यो महेश कुमार श्रेष्ठ र आदरणीय गुरु तुलसी राम पोखरेलको पहलमा निर्माण भएको हो । त्यस्तै मन्दिर निमार्णमा सहयोग गर्ने दाता र गणेशको जात्राको लागि सहयोग गर्नै दाता पनि छन । मन्दिरको अक्षयकोष पनि छ । वर्षमा एक पटक गणेशको जात्रा हुन्छ । यो जात्रामा गोगबु आवास क्षेत्रका घर धनी सहभागि हुनुहुन्छ ।

मन्दिर बिहान ५ बजे खुल्छ र १० बजे बन्द हुन्छ । गर्मीको समयमा साँझ ४ बजे खुले पछि ७ बजे बन्द हुन्छ । जाडोमा बिहान ६ वजे खुलि साँझ ६ बजे बन्द हुन्छ । साझ ४ बजेबाट ५ बजेसम्म भजन किर्तन हुन्छ ।
मन्दिरको पश्चिम तर्फ भोज वा पार्टी गर्ने जग्गा छ । जुन १ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो स्थान विशेष गरी मन्दिर परिसरमा आयोजना गरिने विवाह, ब्रतवन्धका लागि बनाइएको हो । जहाँ करीब ५०० जना अटाउन सक्ने स्थान छ । यस मन्दिरमा बौद्धमार्गीहरुको भैपरी आउने पुजा आजाका निम्ती लामा पनि राखिएको छ।


गोगबु आवास क्षेत्र कार्यविनायक मन्दिरका पण्डित तुलसी राम पोखरेल जसले २०५८ साल देखि हाल सम्म कुनै पारिश्रमिक नलिई नित्य मन्दिर खोल्ने वन्द गर्ने, सरसफाई गर्ने गर्दै आउनुभएको छ।
उहाँ एक उदाहरणीय पात्र हुनुहुन्छ, जसले मन्दिर निर्माण देखि संरक्षणसम्म ठूलो भूमिका निभाउनु भएको कुरा गोगबु टाउन प्लानिङका बासिन्दले सान न्युजलाई बताए। पछिल्लो समय मानिसमा धार्मिक आस्था, मूल्य र मान्यता ह्रास हुदै गइरहेको बेलामा सबै जात जातिलाई समान किसीमले धार्मिक पूजा अनुष्ठान गराउँदै आउनुभएका र निर्माण र सञ्चालन समेत निस्वार्थ भावले सर्मपित तुलसी गुरु आफैमा एक उदाहरणीय व्यक्तित्व मान्न सकिन्छ ।




















