प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउँदासाथ विपक्षीहरूले उठेर विरोध गरेका हुन् । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो ।
बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा बसेका थिए । बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ ।
विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक आधा घण्टाको लागि स्थगित स्थगित गरेका हुन् ।
बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् ।




















