आर्थिक वर्षको बजेटका यस्ता छन् ५ प्रमुख उद्देश्य

आर्थिक वर्षको बजेटका पाँच उद्देश्य रहेका छन् । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गरिरहेको छ ।

१.उच्च दिगो एव फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने ।
२.उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने ।
३.आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने ।
४.सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।
५.गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने ।