राजसंस्था पुनर्स्थापना गर्न भन्दै बिहीबार (जेठ १५) देखि अनिश्चितकालिन आन्दोलन सुरु गरिएको छ । बिहीबार काठमाडौँको शान्तिबाटिकामा आन्दोलन गरेको राजावादीहरूले शुक्रबार माइतीघरमण्डलामा आन्दोलन गरेका छन् ।
१५ जेठमा काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित निस्किएको राजावादीहरूको प्रदर्शन शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राप्रपा नेपाल लगायत दल तथा समूहहरू पनि आन्दोलनमा सहभागी छन् ।
आजको प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत नेताहरू पनि छाता ओढेर सहभागी भएका छन्।






















