स्वतन्त्र नागरिक छानबिन आयोग बाउनुभयो यो किन बनाउनु पर्यो ?
२०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समिति र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र–राष्ट्रियता धर्म तथा नागरिक बचाउ महाअभियान लगाायत सस्थाले जनआन्दोलन घोषणा सभामा आयोजना गरेका थिए। उक्त सभामा सरकारले हस्तक्षेप गरेपछि त्यस दिन निजि तथा सार्वजनिक सम्पतीमा आगजनी र तोड़फोड भयो । घटनामा टेलिभिजन पत्रकार सुरेश रजक र काठमाडौँ किर्तिपुर निवासी सबिन महर्जनको गोली प्रहारबाट मृत्यु भयो । दाजु बहिनी दिनेश खत्री र रेबिका खत्री गोली प्रहारबाट गम्भीर घाइते भई अस्पतालमा उपचाररत हुनु हुन्छ । त्यस दिन सार्वजनिक तथा नीजि व्यापारी कम्प्लेक्सहरुमा समेत आगजनी तथा लुटपाट भयो । सार्वजनिक तथा नीजि सवारी साधन माथि तोडफोड भयो । अश्रुग्यास र सुरक्षाकर्मीको अत्याधिक बल प्रयोगबाट धेरै मनिसहरु घाइते हुनुको साथै दर्जनौं मानिसहरुलाई घटना भएको दिनदेखि हालसम्म पनि गिरफ्तार र धर–पकड भई रहेको छ । उक्त घटनामा मानव अधिकारको उल्लघनका साथै मानवता विरोधी गतिविधि समेत भएको देखिन्छ ।
घटना घटिसके पश्चात नेपाल सरकारले छानबिन तथा अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउला भन्ने आशा भएता पनि सरकारले न्यायिक छानबिन गर्न ईच्छा देखाएन । उल्टो गृहमन्त्री रमेश लेखक र प्रम केपी ओलीले मानवअधिकार हनन प्रति बेवास्था गरे । घटनाको छानबिन गरि दुधको दुध पानीको पानी हुनु पर्दछ भने पनि त्यो भएन । त्यसपछि हामीले नेपाली नागरिकको आग्रह–अनुरोधमा घटनाको निष्पक्ष स्वतन्त्र छानबिन गर्न आयोग बनायांै । नागरिक स्तरबाट गठन भएको नेपालको इतिहासमा सम्भवत यो पहिलो आयोग हो । यसमा नेपाल विधार्थी संघको झण्डा बनाउने ब्यक्तित्व बरिष्ठ अधिबक्ता देबेन्द्रलाल नेपाली अध्यक्ष हुनु हुन्छ । त्यस्तै पूर्व एआईजी रबि थापा, मदन भण्डारीको पोष्टमार्टम गर्ने डा.राम प्रसाद उप्रती, सदस्य सचिवमा हरी कट्टेल म सहितका रहयौ । यो सार्वभौम नेपाली नागरिक र साठी भन्दा बढी संघ संस्थाको समर्थनमा बनेको आयोग हो ।
आयोगले निष्पक्ष तरीकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त छानबिन अनुसन्धानका विधि प्रकृया र ढाँचा अवलम्बन गरि सात हप्ता लगाएर घटनाको छानविन गरी २०८२ जेठ १४ गते आफ्नो प्रतिबेदन सार्वजनिक गरिसकेको छ ।
स्वतन्त्र नागरिक छानबिन आयोगको छानबिनबाट के निचोड आयो ?
निचोड त राज्यसत्ता दोषी देखियो । राज्य सत्ता अभिभावकको रुपमा पेश हुनु पर्ने तर राज्य सत्ताले योजनावद्ध रुपमा सभानै हुन नदिने खालले पेश भएको देखियो । राज्य सत्ताले सभा बिथोल्ने काम गर्यो ।
म स्वंम पनि त्यही थिए सुरक्षा कर्मीले निषेधित क्षेत्रमा प्रबेश नगर्न भन्दा भन्दै आन्दोलनकारी र स्वंम दुर्गा प्रसाईले जवरजस्त निषेधित क्षेत्र तोडेका थिए नि ?
दोष आयोजकको पनि छ । जुन कुरा हामीले छानबिन प्रतिबेदनमा पनि भनेका छौं। त्यहाँ नेतृत्वको पनि कमि थियो । तर त्यहाँ दुर्गा प्रसाई आउनु पूर्वनै अश्श्रु ग्याँस प्रहार भएको थियो । मैले यसो भन्दा नेपाली जनतालाई यो राजाबादी पो रहेछ कि भन्ने पर्न सक्छ । यो भ्रममा नपर्नु होला । हामी स्वतन्त्र हौं । हामीले स्तन्त्र रुपमा छानबिन गरेका छौं कुनै पनि बादवा दलमा हामी आवद्ध छैनांै । म आफैले अहिले सम्म कुनै दलको सदस्यता लिएको छैन । हामीले सत्यको मात्र वकालत गर्दछांै । हामी दल र बाद भन्दा माथि उठेका छांै । तपाईले प्रश्न गरे जस्तो दुर्गा प्रसाईले आउ आउ भन्दै प्रहरीको घेरा जवरजस्त तोड्नु पनि गलत थियो भनेर हामीले भनेका छांै ।
रिर्पोटमा यहाँले प्रहरी प्रशासनको दोष देखाउनु भएको छ तर राष्ट्र–राष्ट्रियता धर्म तथा नागरिक बचाउ महाअभियान नामको संस्थाको दस्ता एटिएफका कमाण्डर भन्नेहरुले प्रहरीसँगको बयानमा आफूहरुले तोडफोड र आगजनी गरेको स्वीकार गरेकार गरेका छन् नि ?
यो पनि पुष्टि हुन बाँकि छ । त्यस दिन काठमाडौंको तीनकुने क्षेत्रमा सभा आयोजना गर्ने अनुमति जिल्ला प्रशासन कार्यालयले दिएको देखिन्छ । उक्त दिन सभा सुरु हुनु भन्दा अगाडि राष्ट्रिय गान…‘सयौं थुङ्गा फूलका हामी….’ भन्ने बज्ना साथ दुर्गा प्रसाई र अन्य अतिथि मञ्चमा नजादै सभास्थल वरिपरि रहेका अग्ला घरका छतबाट अश्रुग्यासका सेल मञ्चमा नै प्रहार भएपछि प्रहरी र सभामा सहभागी हुन पुगेका मानिसहरुको बिचमा अराजक परिस्थिति सुजना हुन गयो । झडप भयो प्रहरीले अश्श्रु ग्यास प्रहार गर्यो त्यो पनि मिति नाघेको अश्श्रु । मिति नाघेको सात आठ सय सेल अश्रु ग्यास प्रहार भएको छ । अनुमति लिएर सभा गर्दा पनि यस्तो दमन गर्नु राज्य आतंक हो ।
त्यस दिनको घटनामा टेलिभिजन पत्रकार सुरेश रजकको मृत्यु भयो यसमा छानबिनका क्रममा के पाउनु भयो ?
यहाँले महत्वपूर्ण प्रश्न सोध्नु भयो, पत्रकार सुरेश रजकको मृत्यु पनि ह्दयविदारक र रहस्यमयी देखिएको छ । उक्त दिन कार्यक्रम स्थानको उत्तर–पश्चिम रहेको घर माथिबाट कार्यक्रमहरु कैद गर्न सजिलो हुने सोचेर हुन सक्छ रजक घर मित्र गएको देखिन्छ .। उनी पाँच तलेघरको दोस्रो तलामा जलेको अवस्थामा भेटीए । उनको शव जुन अवस्थामा भेटीयो त्यो संकास्पद छ । उनी मृत शरीर जुन कोठामा भेटीयो त्यहाँ शरीर निकास वा बाहिर निस्कन सकिने दिशा भन्दा ठिक उल्टो निस्कने, उम्कने, भाग्ने निकास नभएको दिशामा कुनामा हिप भुईमा बसेको, खुट्टा आधासम्म खुम्च्याईएको र खुम्च्याईएको खुट्टाको घुँडा माथि हात रहेको शारीरिक अवस्थित रहेको थियो। कुनै कारणबाट आपत बिपत परि ज्यान जाने अवस्था आइलाग्दा मानिस भाग्न उम्कन सक्ने दिशा तर्फ बढ्छ यो स्वाभाविक प्राकृतिक गुण हो तर मृतक रजकको मृत शरीर भाग्ने उम्कने झ्याल ढोका तर्फ नभई त्यसको ठिक विपरित दिशामा रहेको मर्दै गर्दाको स्वाभाविक शारीरिक अवस्था भन्दा फरक कसैले त्यो अवस्थामा मिलाएर राखिदिए जस्तै देखिन्छ । मृत शरीर जुन आकृतिमा रहेको थियो त्यसमा विचार गर्दा, आगजनीमा परि मृत्यु भएको होकी, कुनै अन्य ब्यहोराबाट कर्तब्य हुन गई मृत्यु भएको भनि शंका गर्ने ठाँउ छ । आगजनी भन्दा अगाडी नै मृत्यु भएको हो कि ? निजको मृत्यु सम्बन्धी कर्तव्यमा देखिने भेटिने प्रमाण लोप नष्ट गराउने उद्देश्यले चाँही आगजनी गरे गराइएको हो कि ? यी यावत शंकास्पद तथ्यको निष्कर्षमा पुग्न स्वतन्त्र अनुसन्धान हुनुपर्ने देखिन्छ ।
आगजनी सुरु हुनासाथ तत्कालै आगजनीबाट मानिसको मृत्यु भई हाल्दैन, त्यसमा पनि त्यहा भएको आगजनी एकै चोटी घेराबन्दीको अवस्थामा आगोको मुस्लो निस्किएको होइन, सानो आकारमा कागजहरु सल्कीदै करिब १०–१५ मिनेटपछि मात्र आगजनी ठुलो आकारमा सल्किएको हो र त्यति समयसम्ममा जस्तो सुकै शारीरिक कमजोरी भएको मानिस पनि उम्कने दिशा तर्फ जाने प्रयास गर्दछ । आगोको राप र धुँवाले निसासिने अवस्था आउन्जेल शारीरिक रुपमा सवल रजक १०–१५ मिनेटको समयसम्म उम्कने ठाउँ तर्फ नगई आगजनी स्थलमा नै आफ्नो मृत्युको अवस्था आउन्जेलसम्म किन बसी रहे ? भन्ने तथ्यगत प्रश्नको सेरोफेरोबाट छानबिन अनुसन्धान नगरी आगजनी यही कारणले मात्र सुरेश रजकको मृत्यु भएको हो भन्नु बस्तुपरक हँुदैन।
त्यस्तै पत्रकार रजक फोटो पत्रकार हुन र उक्त कार्यक्रमको रिपोर्टिङका लागि उनीसँग अन्य सहकर्मी साथीहरु पनि गएका थिए। दृश्य कैद गर्न सजिलो होस् भनि उनी घर भित्र प्रवेश गर्दा उनका साथीहरुलाई सो जानकारी रहेको थियो । त्यही घरको तल (सडकखण्ड) को वरिपरी नै साथीहरु रहेको अवस्था थियो। आगजनी सुरु हुन साथ मृतक रजक आफू भाग्न नसक्ने कुनै कारण भएको भए तत्काल आफुसँग भएको फोन प्रयोग गरेर नजिकै रहेका सहकर्मी साथीहरुसँग हारगुहार गर्नु पर्नेमा सो समेत गर्न नसक्ने के त्यस्तो अवस्था आइपुग्यो भनि स्वभाविक प्रश्न उठ्छ। त्यस्तै गरी मृतक रजकसँग मोबाइल फोन दुई वटा र क्यामेरा र अन्य आवश्यक संचार उपकरणहरु साथमा नै थिए, आगजनीमा अवशेष नै नरहने गरी ती सब सामाग्री कसरी जलेर नष्ट भए? यो तथ्य समेत शंकास्पद देखिन्छ । शरीरमा छाती निर प्वाल जस्ता धब्बा देखिन्छ । कतै मारेर लगेर राखे जस्तो देखिन्छ ।
मृत्युको अर्कोतिरबाट क्यामेराले मिडियो खिच्दै गरेको एउटा मान्छेले त्यहाँ कोही आईरहेको देखिन्छ । त्यहाँ रजकले आफ्नो फोनबाट रिपोटिर्ङ गरी रहेको देखिन्छ । त्यस्तै पोष्टमार्टम रिर्पाेट पनि संकास्पद छ, किनकि नेपालका सुविख्यात फरेन्सिक डाक्टर सुधान्शु शर्मा खनालका अनुसार पोष्ट मार्टम रिपोर्टमा “कुकड़ जस्ता शब्दको प्रयोग छ । जुन अशोभनीय मानिन्छ । कसैको दबावमा गरे जस्तो देखिन्छ । लाशजाँच प्रकृति मुचुल्का छैन् । घटना स्थल मुचुल्का छैन । घटना स्थलमा वकिल छिमेकी परिवार कसैलाई बोलाईएको छैन । साथीहरुले मान्छे छ भन्दा छैन क्लीयर छ भन्ने, पानीको फोहोरा प्रयोग गरि आगो निभाउने काम नगर्नै यी धेरै प्रश्न छन् ।
काठमाडौँ किर्तिपुर निवासी सबिन महर्जनको मृत्यु भयो यसमा छानबिनका क्रममा के पाउनु भयो ?
जहाँ सम्म सबिन महर्जनको गोली लागि मृत्यु भएको प्रकरण छ, यसमा के देखिन्छ भने उक्त दिन काठमाडौं कीर्तिपुरका २५ वर्षीय सबिन महर्जनको पनि घटनामा गोली लागि मृत्यु भएको देखिन्छ । कार्यक्रम स्थलबाट पूर्व तर्फ सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका महर्जन पेशाले सवारी चालक हुन र उक्त दिन उनी गाडी बनाउन भनि कोटेश्वरमा रहेको गाडी बनाउने ठाँउमा गएका थिए । तिनकुने क्षेत्रको बाटो हुँदै कोटेश्वर तर्फ जाने क्रममा सुरक्षाकर्मीको गोली लागि मृत्यु हँुदा महर्जनले हेल्मेट लगाएकै अवस्थामा थियो । उनलाई पनि कार्यक्रम स्थल भन्दा टाढा कोटेश्वर र तीनकुनेको बिचमा गोली लागेको थियो ।
सरकारी पक्षले गरेको दाबी अनुसार उक्त दिनको सभा कार्यक्रममा ४००० को संख्यामा मानिस रहेका थिए । त्यसैले गोली चलाउनु पर्ने अवस्थानै थिएन भनि सुरक्षाबिद् नेपाल प्रहरीका पूर्व ए.आई.जी. राजेन्द्र भण्डारी भन्नु भएको छ ।
उक्त दिन तिनकुनेमा भएको घटनाक्रमको समय परिस्थितिलाई विचार गर्दा गोली चलाउनुपर्ने सम्मको अवस्था नै थिएन । गोली चलाउनुपर्ने अवस्था हुँदा पनि गोली चलाउनु भन्दा अगाडी माइकिङ मार्फत भिडलाई सचेत गराउने, लाठी चार्ज गरेर भिडलाई तितर–बितर गर्ने, पानीको फोहोरा प्रयोग गर्ने हवाई फायर मार्फत भिडलाई हटाउने वा यी सबै सुरक्षा प्रक्रिया गर्दा समेत भिड नियन्त्रण हुन नसकेमा मात्र गोली हान्ने अवस्था आउँछ । गोली हान्दा पनि शरीरको घुडा भन्दा तल गोली हान्नु पर्नेमा छातीमा गोली प्रहारबाट सबिन महर्जनको मृत्यु भएको देखिन्छ । सबिन महर्जनलाई गोलि हानिएको स्थानमा ५–६ जना मानिसहरुको मात्र रहेको यो तथ्यबाट हेर्दा पनि सबिन महर्जनलाई गोली प्रहार गर्नुपर्ने कुनै परिस्थिति नै थिएन। सुरक्षाकर्मीले सामान्य हप्की दम्की गर्दा पनि ५–६ जना मानिसहरु तितर बितर हुन् सक्ने अवस्था रहदा रहदै एकै चोटी गोली प्रहार गर्नु मान्छेको बाँच्न पाउने अधिकारमाथि कुठाराघात हुने हुँदा त्यस्तो गोली प्रहार अन्यायपूर्ण देखिन्छ। यो गैर न्यायीक हत्या हो किनकि उहाँलाई अस्पताललाने देखि घटना प्रत्यक्ष देख्नेले संग कुराकानी गर्दा गोली हान्नु पर्ने अवस्था थिएन भन्नु भएको छ उहाँहरुले सट च्याथेर रगत थाम्न खोज्यौ रगत थामिएन एम्बुलेन्स बोलाई कान्तिपुर हस्पीटल पुरायौ रुदै घर परिवारको चिन्ता गर्नु भएको थियो भन्नु भएको छ ।
दिनेश खत्री र रेबिका खत्री गोली प्रहारबाट घाइते भई अस्पतालमा उपचाररत हुनु हुन्छ उहाँहरुको सन्दर्भमा के देखियो ?
रेबिका खत्री संग र उहाँका बुवा भाउजु संग पनि कुरा गर््यौ उहाँले जडीबुटीमा एउटा कलेजमा पढ्ने र फर्किए पछि एक ठाँउ पार्टटाईम काम गर्नु हँुदो रहेछ । त्यस दिन पनि काम सकेर फर्कने बेला भिडभाड देखि दाजुलाई समेत लिन बोलाएको देखियो । दाजु बहिनी घर पुग्नै लाग्दा केवल दुई मात्रै बाँकि हुँदा गोली लागेको देखिन्छ । घटनाकार्यक्रम स्थल भन्दा अन्दाजी १.५ किलोमिटर टाढाको दुरीमा रहेको कोटेश्वर चोकबाट ललितपुर तर्फ जाने सडकमा भएको छ । उनीहरुलाई गोली लागेको स्थानमा मानिसहरुको भिडभाड हुलहुज्जत केही नभएको कारण त्यहाँ गोली चलाउनुपर्ने कुनै कारण छैन । मुख्य घटनास्थल तिनकुने क्षेत्रभन्दा त्यति टाढा गएर प्रहरीले किन गोली चलाएको ? गोली टाढा बाट सार्फ सुटरले हानेको र गोली सटरमा लागि फर्केर उनलाई लागेको देखिन्छ । उनको खुट्टाका मासु लगेको छ । अहिले उपचार पश्चात् दिनेशको अवस्थाममा सुधारमा आए पनि रेबिका खत्री अहिले पनि गम्भिर घाइते अवस्थामा शिक्षण अस्पताल महाराजगन्जमा उपचारत अवस्थामा नै छिन्। सरकारले घाइते भएकी रेविकाको सरकारले उपचार खर्च वापतको रकम उपलब्ध गराउने मौखिक आश्वासन दिएता पनि हालसम्म सरकारबाट कुनै आर्थिक सहयोग नपाएकोले रेबिकाको परिवारले लाखौं रकम ऋण सापटी गर्दै उपचार गराई रहेका छन् ।
राज्यले माओबादी माथि द्धन्दकालमा यस्तै ब्यवहार गर्दा यहाँले माओबादीलाई दोष दिनु हुन्थ्यो अहिले राजाबादी माथि उस्तै ब्यवहार गर्दा राज्यलाई दोष दिनु हुन्छ घटनालाई समान रुपले हेर्नु पर्ने होईन र ?
राज्य माओबादी वा जो कसैले निर्दोष नागरिक मारे त्यो अपराध हो । यहाँ जिवनको कुनै मुल्यनै छैन । हिजो दश बर्षे युद्धमा पनि जीवनको मुल्य थिएन । अहिले पनि त्यस्तै छ । तीनकुने घटनामा टेलिभिजन पत्रकार सुरेश रजक, सबिन महर्जनको मृत्यु र दिनेश खत्री र रेबिका खत्री माथि गोली प्रहार यी सबै अमानविय घटना हुन। मैले सत्य बोल्छु म बायस छैन ।
तपाईले बायस छैन पिडितले न्याय पाउनु पर्दछ भन्ने पक्षमा छु भने पनि माओबादी द्वन्द्वकालका बिषयमा त माओबादी प्रति अनुदार देखिनु हुन्छ ?
मेरो मान्यता हिसांत्मक घटना कसैले पनि गर्नु हँुदैन भन्ने हो । माओबादी सशस्त्र द्वन्द्व वा युद्ध जे भने पनि त्यसमा भएका मानव अधिकार उल्लघनका घटनामा पिडितले न्याय पाउनु पर्दछ भन्ने हो । अहिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारीएका ब्यक्तिको छानबिन आयोग बन्दा पनि सरोकार वालाले मानेका छैन नागरिक स्तरबाटै आयोग बनाउछांै भन्ने पनि छ । म कसै प्रति उदार अनुदार होईन मानव अधिकारको पक्ष र हिंसाको बिपक्षमा छु ।
हाम्रोमा संधिानमा धेरै अधिकार छन् तर ती राज्यले लागु नगर्ने अनि नागरीकले पनि अधिकारको प्रयोग गर्दा दायित्व बिर्सने बानी छ नि ?
हो अधिकार र दायित्व दुबै ख्याल गर्नु पदर्छ । तर तपाईले प्रश्न गर्नु भए जस्तै हाम्रो संविधानमा संसारमा भएका सबै अधिकार राखिको छ । तर अधिकार कोरा कागजमा सिमित छ । कार्यन्यन छैन त्यसैले अहिले सबै आन्दोलीत छन् । यहाँ लुट तन्त्र छ अहिलेको आन्दोलन राजाबादीको मात्र होईन राजाबादी बलियो भए त संसदमा आउथे संसदमा भन्दा सडकमा बढी हुने त सबै आएर मात्र न हो । अधिकार प्रयोग गर्दा पनि संयम भएर दायित्व समेतको ख्याल गनु पर्दछ ।
अन्त्यमा ..?
आन्दोलाकारी संयम बन्नु पर्दछ राज्यले दमन गर्नु हुँदै सबै समस्या शान्तिपुर्ण तरीकाले वार्ता र सहमति बाट समाधान खोज्नु पर्दछ ।


















