अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व चाँडै अन्त्य हुन सक्ने संकेत गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुई देशबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको भन्दै संघर्ष अब धेरै लामो नजाने आफूलाई लागेको बताएका छन् ।
ट्रम्पले इरान आफैंले वार्ताको पहल गरेको दाबी गर्दै यो सम्झौता इरानका लागि सबैभन्दा उत्तम विकल्प हुने बताए ।















