नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बैठक बसेको हो ।
बैठकमा संसद्को काम कारबाही, टीआरसी र अग्नि सापकोटाविरुद्ध सर्वोच्चको आदेश लगायतका विषयमा छलफल हुने प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।





















