मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ ,माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताएका हुन्।

‘हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरु आत्तिएका छन्। आतंकित भएका छन्।बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ। त्यसैको एउटा  म माथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ,’ उनले भने।

आफूले कसैसँग एक रुपैयाँ घुस लिएको अनुचित काम गरेको, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको पनि उनले बताए।    मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ। न्यायको जित हुनेछ। न्यायको जित हुनुपर्दछ।