अनेरास्ववियुको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि सभाहलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको हो।कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अपनाउन लागिएको हो ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा तेस्रोपटक निर्वाचन तालिका संशोधन गरिएको थियो । तर सहमति नजुटेपछि मतदान सुरु गरिएको छ ।
निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । त्यसका लागि ४० बढी मेसिन तयारी अवस्थामा राखिएको छ ।
एक हजार ५०० बढी प्रतिनिधिहरुले पदाधिकारीसहितको नयाँ कार्यसमिति चुन्ने छन् ।अनेरास्ववियुको अध्यक्ष पदमा डा. सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलबीच प्रतिस्पर्धा हुनेछ




















