सलामी मारिएपछि वाहिदी बने इरानको नयाँ आईआरजीसी प्रमुख

इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख हुसेन सलामीको मृत्यपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमान्डर इन चिफ नियुक्त गरिएको छ । नयाँ कमान्डर इन चिफ नियुक्त भएसँगै जनरल वाहिदीले इजरायली आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन् । यो जानकारी इरान रिभोलुसनरी गार्डको एक्स ह्यान्डलमा दिएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परी मृत्यु हुनेमा सलामीसहित खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी छन् ।

यसबाहेक, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।