skip this काठमाण्डौं महानगरपालिका ११

ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बाल शिक्षा (ईसीडी) १ वर्षको बनाउन प्रस्ताव गरेको छ । शनिबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षामन्त्री रघुजी पन्तले ईसीडी १ वर्ष बनाउने सरकारको धारणा रहेको बताए ।

‘ईसीडीमा निकै अध्ययन भयो । अहिले १ वर्षको वालविकास राख्ने । भविस्यमा कति राख्ने छलफल गरौं,’ मन्त्री पन्तले भने, ‘शिक्षा नीतिले पनि १ वर्ष भनेको छ ।’ दुई वर्षको बनाउन २८ देखि ३० अर्ब दायित्व बढ्ने उनले बताए । उपसमितिको प्रतिवेदनमा २ वर्षको ईसीडीको प्रस्ताव गरिएको छ ।