बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता

सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार दुई नेताबिच संसदमा भइरहेको अवरोध, बजेट लगायत समसामयिक विषयमा छलफल भएको छ ।