प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिले दफावार छलफल गरी भएको सहमति अनुरूप सर्वसम्मत निर्णय गरी प्रतिवेदन सदनमा पेस गरेका हुन् ।


















