थापाथली पुलमुनि युवक मृत फेला

काठमाडौँ र ललितपुर जोड्ने थापाथली पुलमुनि एक जना युवक मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–११ स्थित पुलसँगैको नालामा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

सुकुम्वासी बस्तीमा बस्ने राईलाई छारे रोगको समस्या थियो । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।