skip this वडा नं १६ बालाजु च:मती

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

म्याग्दे गाउँपालिका-५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातासखेलिरहेको अवस्थामा कमल समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ६० रूपैयाँ र तास ४ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।