अच्युतप्रसादपौडेल ‘चिन्तन’श्रावण महिना र सोमबारको व्रत शुरु भएको छ, त्यसो त चान्द्रायण श्रावणले कृष्णपक्ष गत असार ३० देखि नै यो व्रत आरम्भ भइसकेको छ, यसकारण पनि कि यसपालि श्रावण सौर्यमानमा नयाँ व्रत लिनेहरुका लागि मात्र ४ वटा परेकाले । सामान्यतया ५ वटा भएका बेला पहिलो व्रतारम्भ शास्त्रीय मान्यता हो ।
श्रावण मास त्यसमा पनि सोमबार श्रीशिवको आराधना महत्वपूर्ण त हुन्छ । पाशुपतक्षेत्र लगायत देशै भरिका शिवालयहरुमा भक्तहरुको जमघट् देखिनु सधैँको विशेषता नै हो । त्यसमा पनि विशेषगरी स्त्री, आमाहरुका लागि बढी महत्वको । हामी अलि बडी देखासिकी पनि गर्छौ, हातमा मेहन्दी लाउनु पर्ने, हरिया चुरा र पहेँला के के, टीका पनि त्यस्तै यी आयातीत संस्कृति हुन् जसले संस्कृतिमा विकृति ल्याएको छ, यसै पनि हाम्रा उत्पादन होइनन् यी, प्रश्रय दिइरहेका छौँ हामीले अरुका सामानलाई ।
पशपतिनाथ जस्तो संसारकै उच्चकोटी ब्रह्माण्ड नायक कूल देवता राष्टृ देवता पाएर पनि हाम्रो नेतृत्व पनि यथाथमा शिव तत्व के हो बुभ्mन चाहदैन र ऊ भन्छ शिव कोही चाम्लिँग हुन सक्छन् । हामी लाई के थाहा छैन भने शिव अजन्मा हुन, कुनै थर गोत्र बा डि एन ए परीक्षणमा सिमित हुने होइनन्, उनी कसैका होइनन् तर सबैका हुन् । वेदले शिवलाई परब्रह्म भनेको छ । अर्काथरी बुज्रुकहरु पनि छन् शिव र महादेव फरक हुन् । स्वरुपमा फरक होला तर परमेश्वर भिन्न हुन्न । यद्यपि नाम भने लाखौँ होइन करोड बढी छ । मूूलत शिवका दुई स्वरुप छन् एक साकार र अर्को निराकार, साकारमा शिव महादेव बा जटजुटधारी सर्पका गहनाले शोभित, नर मुण्डमालाधारी के के होलान् अर्को निराकार भनेको शिवलिँग हो, अरु देवताको साकार मूर्ति रुपमा पूजित हुन्छन् श्रीशिव साकार र निराकार दुबै रुपमा पूजित छन् । ब्रह्माण्ड उनको साकार रुप हो भने हर प्राणीको अन्तर हिर्दयका चित्स्वरुप उनको निरकार रुप हो जो देख्न बा तौल गर्न सकिन्न तर जसको अभावमा सबै प्राणीहरु शवमा परिणत भइहाल्छन् । हामी हिमालयक्षेत्रमा छौँ, शिवजीको क्रीडास्थल हो यो, पशुपतिनाथ मन्दिर परिसरमा मात्रै होइन देशभरिका शिवालयहरुमा श्रावण महिनाभरि खासगरी सोमबार अचम्मकै भीड हुने गर्दछ ।
देशैभरि खासगरी हाम्रो १० जिल्लाहरुमा आदिम ६४ ज्योतिर्लिँगहरु छन्, कुशेश्वर सिन्धुलीदेखि रुद्रगारेश्वर पशुपति कैलासमुनि सम्म यी स्थानहरु छन् । विकटमा मकवानपुरको नटारम्भेश्वर काठमाडौँको शतरुद्रेश्वर, ललितपुरको गुप्तेश्वर छ भने अरु धेरै सुगममै रहेका छन्, सोमबारको भीड प्राय सुसगमतिरै बढी देखिने गरेको छ । पंक्तिकारले नेपालका ४ धाम र चौसट्ठी ज्योतिर्लिँगका विषयमा उजागर गर्ने गरी खटेर लागेको छ । मुक्तिनाथ, पशुपतिनाथ, बाराहक्षेत्र र रुरुक्षेत्र हाम्रो आदिम चारधाम हो कसैले नबनाएको स्वयम्भूको रुपको ।
देवता खोज्न मन्दिरै जानु पर्ने चाहिँ होइन, ईश्वर स्वयं मानिसको मन मन्दिरमा बस्ने गर्छन्, न केवल मानिसका,े किन्तु सम्पूर्ण प्राणी जगत्मा ईश्वरको विराजमान हुन्छ त्यसैले त शास्त्रले भनेको छ ‘अहँ सर्वेषु भूतेषु’ अर्थात् ईश्वरको शब्दमा‘म सबै प्राणीमा रहने छु’ । श्रीशिवको आराधनाको अर्थ हुन्छ, सर्व कल्याण, सबै जनको हित ! कुनै पनि सेवाको अर्थ हुन्छ मानवहित ! प्राणी मात्रको रक्षा तर भएको छ ठीक उल्टो संसारमा । एक गृहिणी अनुशासित भए रिबारको १० जना अनुशासित हुन सक्छन्, घरकी लक्ष्मी हुन् तिनी र आमा तिनले व्रतबसे घर सबैको लागि त्यो पुण्य वितरित हुन्छ, उर्जा वितरण भएजस्तै । अनुशासनमा ल्याउने असल उपाय भनेको व्रत हो, धर्म हो । घर पवित्र भए समाज र राष्टृ नै पवित्र हुन्छ, धर्मको अभावले नै देश अहिले क्रन्दनमा छ, समाज स्खलित छ, पराया संस्कृतिले ढपक्कै ढाकेको छ ।,
शिवको पूजा गर्नु, उनको नाम जप्नु, उनको गुण, रुप चित्रमा प्रवृत्त गराउनु चिन्तन हो, मनन हो, महेश्वरको कृपा दृष्टिले जीवले शिवत्व प्राप्ति गर्छ । शिवप्राप्ति जीवको उद्देश्य हो, आकांक्षा वा साध्य हो । शरिर अनित्य छ, भौतिक सुख झन् बढी अनित्य छ, विश्वमा ८ अर्बको जनसंख्याको विचार फरक हुनु स्वभाविक हो तर वैश्विक संसारमा अब एक परिबारको हिसावले हेर्नु पर्ने भइसकेको छ र त एक ठाउँमा घाउ लाग्दा संसार कम्पित हुने भएको छ, मानौँ शरिरको एक भागमा चोट लाग्दा सबै शरिर शिथिल हुन्छ । संसारका गुरु हामी हामीले सत्य वस्तुको चिन्तन गर्नु वेस हुन्छ । सत्य वस्तु भनेको शिव हो, जोसँग साक्षात्कार गर्न सकेमा सर्व कल्याण हुन्छ । सर्व रुद्र कल्याणका लागि भक्ति साधना श्रवण, कीर्तन र मनन जरुरी छ । शिव शंकरको बारेमा श्रवण, कीर्तन र मनन गर्नाले महत्तम साधना सिद्धि हुन्छ । भगवानशिवका आज्ञाले सनत्कुमारलाई नन्दीश्वरले शक्तिदिनुभयो । सवैका स्वामी, शिवगणका स्वामी भगवान नन्दीश्वर हुनुहुन्छ । मुक्तिको उत्तम साधन उहाँले नै बताउनु भयो । मुक्तिको साक्षात् कारण, श्रवण, कीर्तन र मनन नै हो, वेद सम्मत छ यो ! मुक्तिको उपाय भक्ति हो भक्तिको स्वरुप श्रवण हो, कीर्तन हो र मनन हो ।
यी ३ साधनमा रत हुन नसक्नेका लागि अर्को उपाय छ, भगवानको साकार विग्रहको साधना गर्ने अर्थात् पूजा गर्ने, शिवलिंग स्थापना गर्ने, मूर्तिको नित्य पूजा गर्ने, नित्य पूजा गर्नाले संसार सागरबाट पार हुन सकिन्छ । गच्छेअनुसार, शक्तिअनुसार आफ्नो धनराशि शिव मूर्तिमा सुम्पिनु पर्ने हुन्छ, अर्पण गर्नु पर्ने हुन्छ । शिवलिंग एवं शिव मूर्तिको पूजा गर्नु पर्ने हुन्छ । भक्ति भावले मण्डप निर्माण गर्ने, तीर्थ स्थापना, मठ निर्माण, क्षेत्र स्थापना, उत्सवको आयोजना गर्नुपर्ने हुन्छ । बस्त्र, गन्धफूल, दिप, नैवेद्य समर्पित गर्नु पर्ने हुन्छ । छत्र, ध्वजा, व्यन्जन, चामर, सम्पूर्ण साधनले राजोपचारले पूजा गर्नु पर्ने हुन्छ । प्रदक्षिणा, नमस्कार, यथाशक्ति जप गर्नु पर्ने हुन्छ । आवाहनदेखि विसर्जनसम्म प्रतिदिन भक्ति भावले गर्नु पर्ने हुन्छ । यसरी अनुष्ठान पूजा गर्नाले, श्रवण, कीर्तन, मनन गर्न नसक्ने हरुलाई पनि सोको फल प्राप्ति हुन्छ । धेरै ऋषि, महर्षि, ब्रह्मज्ञानीहरु शिवजीको पूजा आराधना गरेर उनीहरु भव बन्धनवाट छुटे ।
सवै देवताहरुको मूर्तिमा पूजा हुन्छ । परन्तु शिवजीको मूर्ति वा लिंगमा हुन्छ । यो शंका भने महादेव भन्दा अरुले निवारण गर्न सक्तैनन् । शिवजीलाई २ रुपवाट चिन्तन गर्न सकिन्छ । सगुण साकार रुप र निर्गुण निराकार रुप ! निराकार भएकाले शिवजीको शिव लिंगमा पूजा हुन्छ । शिवलिंग शिवको निराकार स्वरुप हो । शिवको साकार स्वरुप उनको स्वरुप मूर्ति हो । अंग आकारले युक्त साकार हो भने अंग आकारले रहित निराकार हो । यसै कारणले मानिसहरु निर्गुण वा सगुणको स्वरुप पूजा गर्छन् । शिव बराबरका आत्मदेवता अर्का छ्रैनन् । अघि सनत्कुमार र भगवान नन्दीश्वरका वीच यस्तै बार्ता भएको थियो । निस्पाप सनत्कुमारलाई नन्दीश्वरले भन्नु भएको थियो । शिवलिंग स्वय ंब्रह्म स्वरुप हो, यो गोपनीय विषय हो । परन्तु शिवभत्त भएकाले मैले यहाँलाई श्रवण गराएको हुँ भन्नु भएको छ नन्दीश्वरले ! सोमबार प्राय महिलाहरु यस्तो व्रतमा हुने गर्छन् र रातो साडीमा सजिन्छन्, तर व्रत केवल स्त्रीहरुको मात्र काम होइन, रथका पांग्रा सबै बलियो भयो भने मात्र रथ राम्ररी चल्न सक्ने हो ।
साँच्चै शिवलिंग भोग, सुख र यश दिने वाला छ । दर्शन, स्पर्शन, ध्यानले प्राणीको जन्मजन्म सम्मको पापनास हुन्छ । मृत्यु सरल र विना कष्ट अनि अभय समेत प्राप्ति हुने साधन हो यो ! शिवलिंग प्राकाट्य भएको क्षेत्रबाट अन्यतीर्थहरु प्रकट हुन्छन् । तीर्थमा मानिसको प्रवेश वा त्यहाँबाट विदाइ हुनाले व्यक्तिले मोक्ष प्राप्ति गर्न सक्छ । भगवान भन्नुहुन्छ मेरा दुई रुप छन् निराकार रुप ब्रह्मभाव हो भने साकार रुप महेश्वर भाव हो, र दुवै मेरो सिद्ध रुप हो । परब्रह्म परमात्मा भनेको मै हुँ । जीवात्माहरु सबैमा अनुग्रह गर्ने मेरो काम हो । सबैभन्दा वृहत् हुनाले जगतको बृद्धि म स्वयं गर्छु– यो मेरो कार्य हो, यसैले मलाई ब्रह्म भन्दछन् । सर्वत्र छु, सर्वव्यापी छु, सवैका आत्मामा छु, म सवैको ईश्वर हुंँ परमेश्वर मेरो नाम हो । मैले मेरो ब्रह्ममय निराकार दर्शाउन लिंग स्वरुप प्रकट भएको हँु पछि अज्ञात ईश्वरको साक्षात्कार गर्न जगदीश्वरका रुपमा साकार रुप लिएको हुं । ममा जे ईश्वर रुप छ त्यही सगुण÷साकार रुप हो । मेरो आदि अन्त्य छैन त्यसैले अनन्त पनि हुँ ।


















