जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाटै निष्कासन गरेको छ । यसअघि ६ महिनाका लागि निलम्बनमा परेका साहलाई जनमतले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्ध लागेको लगायतका आरोप लगाउँदै साहलाई जनमतले गत चैत २१ गते ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरेको थियो ।


















