मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलनमार्फत राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।
आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था हेरेर बस्न नसकेकोले आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् ।
‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने ।
उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् ।



















