५ भदौ, काठमाडौं । विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी क्षेत्र उसले नियन्त्रणमा लिइसकेको छ । एक सैन्य कमाण्डरका अनुसार कब्जाको तयारी गर्नका लागि जैतुन र जबालिया क्षेत्रमा इजरायली सैनिक पहिल्यैदेखि तैनाथ छन् ।
यस सैन्य अभियानलाई मंगलबार रक्षामन्त्री इजरायल काट्जले मन्जुरी दिइसकेका थिए । अब त्यसलाई यसै हप्ताको अन्तिमतिर सुरक्षा क्याबिनेटमा पेस गरिनेछ ।
प्यालेस्टिनी नागरिकमा हुने असरलाई लिएर इजरायलको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरबाट कडा विरोध भइरहेको छ । तर इजरायलले हमास लडाकुहरुलाई निमिट्यान्न नपारेसम्म आफ्नो अभियान नरोकिने जनाउँदै आएको छ ।




















