प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको हो ।
वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गर्नुरेको थियो । नेपालको इतिहासमा उनी पहिलो महिला महान्यायाधिवक्ता बनेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीकोे सिफारिसमा राष्ट्रपति पौडेलले उनीलाई महान्यायाधिवक्ता नियुक्त गरेको हो । यसअघि, महान्यायाधिवक्ता रमेश बडाल थिए । उनले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता भएको हो । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुन् । यसअघि उनी सूचना आयुक्तसमेत रहिसकेको छ ।


















