विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको : विप्लव

 

विप्लव नेतृत्वको नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले भिडियो सन्देश जारी गर्दै ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको भन्दै विरोध जनाएका हुन् ।

उनले भनेका छन्, ‘सम्पूर्ण नागरिकहरुको प्रतीक्षालाई चिर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । सरकारको निर्माण जेन जी र जनताको अपेक्षा विपरीत बन्न पुगेको छ ।’

उनले थप भनेका छन्, ‘विद्रोह जेनजीको सरकार जेन एक्सको भएको छ । हाम्रो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको छ ।’

आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने सुझाव पुगे पनि यसलाई जानाजान बेवास्ता गरिएको विप्लवले बताएका छन् । त्यसैले राजनीतिक दल र जनताले यसलाई नस्वीकार्ने उनको भनाइ छ ।