skip this वडा नं १६ बालाजु च:मती

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामा माग

 

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामा माग

गर्न जेनजी मुभमेन्ट अलायन्स मंगलबार अख्तियारको कार्यालय टंगाल पुगेको छ।

प्रमुख आयुक्त राई र सबै आयुक्तको राजीनामा माग गर्दै उनीहरूले अख्तियारमा निवेदन दिएका हुन्। निवेदन बुझाउन ४/५ जना युवाहरू अख्तियार पुगेका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा संसदीय सुनुवाइबिना नै प्रमुख आयुक्तको नियुक्ति भएको र यसले निष्पक्षतामा प्रश्न उठाएको उनीहरूले अख्तियारमा बुझाएको निवेदनमा उल्लेख छ।

साथै वाइडबडी जहाज घोटालामा अख्तियार प्रमुख आयुक्त राईको नाम पनि मुछिएको सन्दर्भ उनीहरूले पत्रमा उल्लेख गर्दै प्रमुख आयुक्तलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिन भनेका छन्।

जेनजी मोमेन्ट एलायन्सबाट अख्तियार प्रमुख आयुक्तसहित सबै आयुक्तको राजीनामा माग्न मोनिका, अमित खनाल (ऊर्जा), रिजन राना मगरलगायत पुगेका थिए।