काठमाडौँ । काठमाडौँको सामाखुसी चोकमा शाही युवा शक्तिले प्रदर्शन गरेको छ । आज अपराह्न शाही युवा शक्तिले प्रदर्शन गरेको हो । शाही युवा शक्तिले यसअघि शनिवार दिउसो १२ः३० बजे काठमाण्डौंको सामाखुसीबाट जुलुस निकाली नाराणहिटि दरबार पुगेर जुलुस समापन हुने जनाएको थियो ।
तर हिजो काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकालेपछि उनीहरूले सामाखुसी चोकमा प्रदर्शन गरेका हुन् । भर्खरै जेनजी आन्दोलनबाट परिर्वतनको आशातीत फल प्राप्त हुुन नसकेको, भ्रष्टचारीलाई कारबाही नभएको, राष्ट्र, राष्ट्रिय र धर्म संस्कृतिमाथी विदेशी अतिक्रमण बढ्दै गएको सन्दर्भमा हुन लागेको यो जुलुस मह्वपूर्ण हुने आयोजकले बताएका थिए ।



















