जेनजी आन्दोलनपछि शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक, पाँच पटकमा पाँच वर्ष मात्र प्रधानमन्त्री भएको दाबी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्। जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका देउवाले केन्दीय समितिमा लिखित धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको पनि बताए। ‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने।

उनले धेरैले आफूलाई पटकपटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताएका हुन्। ’पाँच पटक प्रधानमन्त्री भएँ तर समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाएको छैन,’ उनले भने। उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने पनि बताए।