जापानमा उच्च शिक्षा अध्ययनका लागि भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीबाट अप्लाई गरेका सम्पुर्ण शतप्रतिशत बिद्यार्थीले सिओई लेटर प्राप्त गरेका छन । उक्त कन्सल्टेन्सीबाट भाषा कक्षा अध्ययन गरेका र अन्य बिभिन्न कन्सल्टेन्सीका बिद्यार्थीहरुले समेत भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीबाट अक्टोबर ईन्टेक २०२५ को लागि अप्लाई गरेकोमा सबैको सिओई र भिषा प्राप्त गर्न सफल भएका हुन ।
बिगत ४ बर्षदेखि काठमाण्डौँको सोह्रखुट्टेमा संचालनमा रहेको उक्त कन्सल्टेन्सी बिगतका बर्षका तुलनामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । बिगतका दिनमा सन्तोषजनक नतिजा ल्याउन नसकेकोमा उक्त कन्सल्टेन्सीका संचालक समेत रहेका जापानीज भाषा प्रशिक्षक सन्तमान शाक्य एक दशक लामो जापान बसाईलाई थाती राख्दै बिद्यार्थीहरुको भबिष्य कै लागि हाल नेपाल फर्किएर कन्सल्टेन्सी ब्यबसायमा नै आबद्ध हुनुहुन्छ । लामो समयको जापान अनुभवसँगै गुणस्तरीय शिक्षाको लागि उत्कृष्ट गन्तब्य रहेको भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको हाल किर्तिपुरको पाँगादोबाटोमा समेत ब्रान्च कार्यालय रहेको छ । लामो समय जापान बसेर बटुलेका अनुभबलाई ब्यबहारमा लागु गर्दै बिद्यार्थीको भबिष्यमा दत्तचित्त भएर लागेका संचालक तथा जापानिज भाषा प्रशिक्षक समेत रहेका सन्तमान शाक्यले नेपाल आएको ६ महिनामा नै शतप्रतिशत रिजल्ट ल्याउन सफल भएका छन ।
अब भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीमा अध्ययनरत र यहाँबाट बिद्यार्थी भिषामा अप्लाई गर्ने बिद्यार्थीहरुको शतप्रतिशत सिओई आउने गरि काम गर्ने समेत बताउनुभयो । केन्द्रिय कार्यालय काठमाण्डौँको सोह्रखुट्टेमा रहेको उक्त कन्सल्टेन्सीले काठमाण्डौँको किर्तिपुर पाँगादोाटोमा पनि आफ्नो शाखा बिस्तार गरि सेवा प्रबाह गरिरहेका छन । हाल यस कन्सल्टेन्सीमा बिद्यार्थी संख्या पहिलेको तुलनामा उल्लेख्य मात्रामा बढेको पनि संचालक तथा म्यानेजिङ्ग डाईरेक्टर सन्तमान शाक्यले बताउनु भयो । हाल प्राप्त नतिजाले भिजन परिवार थप उत्साहित भएको र यसले भोलिका दिनमा अझ काम प्रति लगनशिल भएर लाग्न प्रेरणा मिलेको समेत बताउनुहुन्छ ।

अक्टोबर ईन्टेकमा सिओई प्राप्त गरेका सम्पुर्ण बिद्यार्थीहरुलाई जानकारी गराईसकेको र सिओई पछिको प्रक्रिया पनि थालनी गरी भिषा समेत प्राप्त गरेर हिजो मात्र जापान पुगेका हुन । सिओईका साथै भिषा समेत शतप्रतिशत प्राप्त गरेकोमा बिद्यार्थीलाई शुभकामनाका साथै उज्वल भबिष्यको कामना समेत गर्नुभयो । भिजन क्लासिक ईन्टरनेशनल एजुकेशनका संचालक तथा म्यानेजिङ्ग डाईरेक्टर समेत रहेका सन्तमान शाक्य लामो समय जापानमा नै अध्ययन र बिभिन्न पेशा ब्यबसायका साथै सामाजिक गतिबिधिमा पनि सक्रिय सहभागिता जनाउने ब्यक्ति भएकोले जापानमा रहेको समग्र नेपालीहरुमा राम्रो सम्बन्ध सहकार्य रहेको समेत बताउनुहुन्छ ।
हाल पनि नेपाल आदिबासी जनजाति महासंघ जापानका क्षेत्रिय कार्यसमिति क्युशुका अध्यक्ष समेत रहेका शाक्य जापानको फुकुओकामा बसेर बिभिन्न सामाजिक गतिबिधिमा सक्रिय सहभागिता मात्र नभई नेतृत्व मै बसेर नेपाल जापान बिचको आपसी सम्बन्ध र भाईचारा स्थापित गर्नको लागि अग्रणी स्थानमा बसेर समेत काम गरेकोले जापानमा नेपाली समुदायमा मात्र नभई जापानिज समुदायमा समेत राम्रो सम्बन्ध रहेको बताउनुहुन्छ ।
भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीबाट जापानको सम्पुर्ण सिटिमा बिद्यार्थी भिषा, एसएसडौँ भिजा, टिआईटिपि भिजा र गिजिङ्गकोकु ईन्जिनियरीङ्ग भिजा सम्बन्धि सम्पुर्ण काम एकैठाउँबाट हुने गरेको समेत जानकारी दिनुभयो । भिजन क्लासिकबाट जापानको ओकिनावा, नागासाकी, फुकुओका, यामागुची, किताक्युशु, हिरोसिमा, नागोया, ओसाका, ईबाराकि, योकोहामा, साईतामा चिबा, टोक्यो, सेन्दाई, होक्काईदो लगायतका शहरहरुमा भिजा अप्लाई गर्ने गरेको समेत जानकारी दिनुभयो । कन्सल्टेन्सिले जापानसम्बन्धित सम्पुर्ण काम काउन्सेलिङ्ग, भाषा कक्षा, कलेज छनौट, ईन्टरभ्यु तथा जापानमा कलेज भर्ना, बिभिन्न सेक्टरमा आधारित भई काम गर्ने गरेको समेत जानकारी गराउनुभयो ।
जापानमा अधिकांश कलेजहरु ए ग्रेडको रहेको र ए ग्रेड कलेजबाट सिओई आउने सम्भावना पनि शतप्रतिशत जस्तै रहेकोले पनि भिजनबाट अप्लाई गर्दा शतप्रतिशत रिजल्ट आउने समेत बताउनुभयो । हाल जापानको अप्रिल २०२६ को लागि अन्तवार्ताहरु धमाधम भईरहेको र कुनै पनि बिद्यार्थीले कलेज नपाएको खण्डमा सिधै कन्सल्टेन्सीमा आई सम्पर्क गर्न समेत सम्पुर्ण जापानिज भाषा बिद्यार्थीहरुलाई अपिल गर्नुहुन्छ । जापानिज कलेजका सेनसेई तथा प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितिमा अन्तवार्ता भईरहेको र बाँकी अन्तवार्ताको पनि मिति तय भईसकेको जनाउनुभयो । उक्त भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीबाट जापानिज भाषा मात्र नभई अष्ट्रेलिया, अमेरिका, क्यानडा, युके र साउथकोरियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहाने बिद्यार्थीहरुलाई उचित परामर्श, आईएलटिएस, पिटिई, कोरियन र कम्प्युटरका क्लासहरु पनि धमाधम संचालन भईरहेको जानकारी दिनुभयो ।
जापान अध्ययन गर्न जान चाहाने बिद्यार्थीहरुलाई लक्षित गर्दै नयाँ भर्ना पनि खोलिएको तपाईलाई पाएक पर्ने सोह्रखसट्टे र किर्तिपुर पाँगादोबाटो स्थित कार्यालयमा आएर अध्ययन गर्न सकिने समेत जानकारी गराउनुभयो । नयाँ भर्ना हुन आएका बिद्यार्थीहरुलाई भाषा अध्ययन फिमा ३० प्रतिशत छुट अफर समेत रहेकोले समयमा नै सम्पर्क गरि मौकाको फाईदा उठाउन पनि बिद्यार्थीहरुलाई अपिल गर्नुहुन्छ ।























