जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने भएका छन् ।शुक्रबार सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुङ्गानाले ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्न लागेको जनाएका हुन् ।
जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ । तर उनले पार्टी खोलेपनि अहिलेकै अवस्थामा निर्वाचनमा नजाने दाबी गरेका छन् ।
ढुंगानाले भोलि दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् ।





















