किष्ट अस्पतालमा तनाव, प्रहरीसँग घम्साघम्सी

बिरामीको मृत्युको विषयमा ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पतालमा तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।

घटना यही कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तको छ । हालसम्म अस्पतालले संवादका निम्ति समेत नबोलाएको उनीहरूको भनाइ छ ।