रामकुमारी झाँक्रीले एकीकृत समाजवादीसँगको यात्रा टुंग्याइन्

एकीकृत समाजवादीकी संस्थापक नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा टुंगिएको घोषणा गरेकी छन्।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी विघटनमा पुगेको र त्यससँगै आफ्नो राजनीतिक यात्रा पनि समाप्त भएको बताइन्।

माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि झाँक्री र किसान श्रेष्ठले असहमति जनाएका थिए। झाँक्रीले एमालेबाट अलग भएर नयाँ पार्टी बनाउँदा ठूलो अभियानको अपेक्षा गरे पनि त्यो सम्भावना सकिएको बताइन्।

उनले अहिलेको अवस्थालाई ूअवरुद्ध बाटोूको उदाहरण दिँदै आगामी यात्राका लागि नयाँ मार्ग खोज्नुपर्ने उल्लेख गरिन्। यसअघि नेता किसान श्रेष्ठले आफूहरू निस्शर्त एमालेमा फर्किन लागेको बताएका थिए।