skip this वडा नं १६ बालाजु च:मती

नेकपा (माओवादी केन्द्र)सहित  ९ वटा घटकको  एकता घोषणा कार्यक्रम जारी 

नेकपा (माओवादी केन्द्र)सहित ९वटा घटकको एकता घोषणा कार्यक्रम सुरू भएको छ। बुधबार काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम जारी छ।

माओवादी केन्द्रका, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादीका, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी र प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायत विभिन्न कम्युनिस्ट घटकहरूले एकता गर्न लागेका हुन्।

एकता प्रक्रियामा गोपाल किराती पनि जोडिएका थिए। एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ। त्यस्तै पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहनेछ।